अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट



काठमाडौँ
अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।

अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। ति...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँप...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेता...