चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात
व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैंतिहारमा मात्रै हुन्छ । खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री यही बेला हुन्छ ।
साना पसलदेखि ठूला पसल/आउटलेटमा खरिदबिक्रीको भीड लाग्छ । चाडबाडलाई लक्ष्य गरी व्यवसायीले आयात पनि गर्छन् । तर भन्सार विभागको तथ्यांक हेर्दा यही बेला आयात ४.१७ प्रतिशतले घटेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यसले पनि अर्थतन्त्र अझै संकुचनमा रहेको जानकार बताउँछन् । आयातसँगै निर्यात व्यापार पनि घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्...








