प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– राजनीतिमा आउने भए स्वागत छ


धनगढी

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् ।

आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक व्यवस्थामा अराजनीतिक र समाज भाड्ने गतिविधि उचित नहुने बताए । राजनीतिमा आए स्वागत गर्न भने तयार रहेको उनको भनाइ छ ।

पूर्वराजाले गरेको भाषण सुनेर आफू छक्क परेको बताएका प्रधानमन्त्रीले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भन्दै प्रश्न समेत गरेका छन् ।

‘अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । ६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणालीको कुरा गर्नु हुन्न, प्रक्रियाको कुरा गर्नु हुन्न मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु । देश के भएको छ ?’

पूर्वराजाका अस्थिर र अराजक क्रियाकलापले देश अप्ठ्यारो अवस्थामा परिरहेको बताउँदै ओलीले अगाडि भने, ‘पूर्वराजा, पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य, सुसंस्कृति ढंगले लोकतान्त्रिक बाटोमा, विधिबाट संविधान र कानुन अनुसार सभ्य हिसाबले चलाउनुपर्छ भनेर सुझाव दिनुपर्ने ठाउँमा चुनावमा भोट मागेको की के मागेको हो ? मलाई साथ देऊ आउँछु । कहाँ आउने उहाँ ?’तर, राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको उनको भनाइ थियो ।

‘राजनीतिमा आउनुहोस् हामी स्वागत गर्छाै ? तर, अराजनीतिमा की अराजनीतिमा आउने ? राजनीतिमा आउने भए यू आर वेलकम,’ ओली भने, ‘उम्मेदवारका रूपमा साथ माग्नुभएको हो भने ठीक छ । के मा साथ माग्नुभएको हो प्रष्ट बुझिएन ।’

विभिन्न बहानामा देशलाई पछाडि फर्काउने प्रयास भइरहेको ओलीले बताए । यस्ता कुरालाई साथ दिएर देशलाई पछाडि फर्काउने प्रयासहरू पनि देखिँदैछन् । जात, भूगोल, अनेक नाममा देशलाई टुक्राटुक्रा पार्ने, धर्म, जात, भाषाका नाममा जनताको मनलाई भाड्ने विभाजित गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यो संविधान कुनै व्यक्तिले दिएको होइन । एउटाले पार लगाउन नसकेपछि अर्को निर्वाचन गराएर ६०१ को बृहत संविधान सभाले बनाएको संविधान हो । जनताको बलिदानपूर्ण र संघर्षले बनाएको संविधान हो । यसरी आएको लोकतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

राजनीति बिग्रिए एउटा, दुईवटा चुनावबाट सच्याउन सकिने, गलत पार्टीलाई जनताले पाखा लगाएर छान्न सक्ने, अर्थतन्त्र बिग्रिए ५/१० वर्षमा लयमा ल्याउन सकिने तर संस्कृति, सभ्यता बिग्रिए लयमा ल्याउन शताब्दी लाग्ने भन्दै ओलीले सजग रहन सबैलाई आह्वान गरे ।

अहिले देशभक्ति कमजोर भएको र गौरवपूर्ण इतिहासप्रति गौरव बोध नदेखिएको उल्लेख गर्दै ओलीले उन्नत संस्कृति पुनःस्थापित गर्न आवश्यक रहेको बताए ।

पूर्वराजाका अस्थिर र अराजक क्रियाकलापले देश अप्ठ्यारो अवस्थामा रहेको प्रधानमन्त्रीले बताएका छन् ।

‘उन्नत संस्कृति पुनःस्थापित गर्न हामीले हाम्रा व्यवहार सच्याउनुपर्ने देखिन्छ । निजी व्यवहार, आचरण सच्याउनुपर्ने जरुरी पनि छ भन्ने महसुस गरेका छौं,’ ओलीले भने, ‘तर संगठित ढंगले मौलिकता, सामाजिक मूल्य–मान्यता बिगार्ने प्रयासहरू छन् । तिनीहरू खतरनाक छन्, रोक्नुपर्दछ ।’

प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि काम गरिरहेको दाबी समेत गरे । अघिल्लो सरकारले डामाडोल बनाएको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको दाबी उनको छ ।

आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सहभागी भएका ओलीले धनगढीमा सहकारी विकास मन्त्रालयले निर्माण गरेको सभा हलको उद्घाटन गरेर काठमाडौं फर्किएका छन् ।

छुटाउनुभयो कि ?

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...