मानव तस्करीमा संलग्न कोशीका कानुनमन्त्री
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ठीक एक साताअघि जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन । प्रदेश सरकार बेखबर रहे पनि जापान सरकारले भने उनको नियत बुझ्यो । मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर विमानस्थलबाट फर्काइदिएको छ । मानव तस्करीको विवादमा परेपछि बुधबार उनले राजीनामा दिएका छन् ।
टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए । प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ । तर, तत्कालीन मन्त्री अधिकारीले औपचारिक जानकारी नदिएको कोशी प्रदेश सरकारको दावी छ । बरु उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए । तर, उनीहरू मन्त्रालयसँग...








