नेपाल प्रहरीको ३१ औं आईजिपीमा थापा नियुक्त


शिव सुवेदी

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।
विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ ।
सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन । एआईजी भएपछि थापाले उपत्यका प्रहरी कार्यालयको प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख र प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई कार्यसम्पादन गरेका छन् । थापा प्रशासन विभागमा हुँदा कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृत समेत भएका थिए ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...