समाचार

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ । यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्दै छन् । प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधा...
असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं सवारी साधनमा अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको छ । मंगलबार सम्पन्न बैठकले २०८२ असोज १ गतेदेखि अनिवार्य रूपमा ईम्बोस्ड नम्बर जडान गर्ने/गराउने निर्णय गरेको हो। सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय गरेकाे छ। यसै गरी सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छ...
यी स्थानमा भारी वर्षाको सम्भावना

यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (बुधबार) कोशी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्...
प्रतिनिधिसभाको बैठक बस्दै, आजै चार संसदीय समितिको बैठक

प्रतिनिधिसभाको बैठक बस्दै, आजै चार संसदीय समितिको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । अन्तरराष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफ...
पत्रकारितामा प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं

पत्रकारितामा प्रविधिलाई आत्मसाथ गर्न आवश्यक : मोहन चापागाईं

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
बुटवल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईँले प्रविधिलाई युवा जमातले आत्मसात् गर्नुपर्ने उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चालन गरेको नलेज सिरिज कार्यक्रममा बोल्दै उनले अहिले पत्रकारितामा प्रविधिकाे प्रयाेग बढिरहेकाे बताउँदै पत्रकारले आफ्नाे क्रियटिभिटि देखाउन जरुरी रहेकाे उल्लेख गरे । आफूहरूले पत्रकारिताको दौरानमा दिनभर मेहनत गरेर समाचार लेखेर अर्को दिन मात्रै कस्तो छापियो भने हेर्नुपर्ने बाध्यता रहेपनी अहिले प्रविधिले स्थलगत प्रत्यक्ष प्रसारण गर्ने अवस्था समेत बनिरहेको बताए।  उनले अहिले पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई केही हिन्ट वा प्रम्ट दिएर समाचार बन्ने अवस्था आइरहेकोले पत्रकारितामा लागिरहेका युवाहरूले ध्यान दिएर मेहनत गरेर उत्कृष्टता दिनुपर्ने आवश्यकता औंलाए। खोज तथा अनुसन्धान गरेर समाचार तयार अन्य ...
बुटवलको सिद्धार्थ केवलकार अपग्रेडपछि पुनः सञ्चालनमा

बुटवलको सिद्धार्थ केवलकार अपग्रेडपछि पुनः सञ्चालनमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, समाचार
बुटवल  पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण पूर्वाधार सिद्धार्थ केवलकार सिष्टम अपग्रेड र नयाँ पूर्वाधार निर्माणसँगै पुनः सञ्चालनमा आएको छ। बुटवल–पाल्पा सीमास्थित नुवाकोट गढी जोड्ने केवलकार केही समयका लागि बन्द गरिएको थियो। सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङका अनुसार, असार दोस्रो सातादेखि बन्द गरिएको केवलकार साउन दोस्रो साता देखिनै नियमित सञ्चालनमा आएको हो। यस अवधिमा केवलकारमा प्रविधिगत सुधारसहित पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशनस्थित सिद्धार्थ गार्डेनमा उडन परगोला र लाइटिङ प्रणाली, नयाँ रेष्टुरेन्ट भवन, टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका कार्य गरिएको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो। हाल बटमदेखि टप स्टेशनसम्म २ किलोमिटर दुरीमा ८ जनाको क्षमता भएका २५ वटा गोण्डुला सञ्चालनमा छन्। पूर्वमा चेन ह...
सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ : अर्थमन्त्री पौडेल

सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ : अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा तीव्रता ल्याउन र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) नियन्त्रण गर्न व्यापक नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिए । सांसद सूर्यप्रसाद गौतमले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले गत आर्थिक वर्ष २०८१/८२ मा कुल रू ११ खर्ब ९६ अर्ब राजस्व सङ्कलन भएको उल्लेख गर्दै चालु आवमा अझ बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व सङ्कलन ११.३३ प्रतिशतले वृद्धि भइरहेको उनको भनाइ थियो । “राजस्व लक्ष्य हासिल गर्न आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयनमा ल्याइएको छ ।...
गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज, स्थानीय
बुटवल गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ। सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ। ...
रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण

रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
तिलोत्तमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक चिकित्सा पद्धतीमा आधारित उपचारबारे अभिमुखिकरण गरिएको छ । क्लवको शनिबार भएको साप्ताहिक नियमित बैठकमा होमियोप्याथिक चिकित्सा पद्धतीका माध्यमबाट गरिने उपचारका बारेमा क्लवका पदाधिकारी सदस्यहरुलाई जानकारीमुलक अभिमुखिकरण गरिएको हो ।कार्यक्रममा भैरहवाको साईराम होमियोप्याथिकका होमियोप्याथिक डा. सञ्जय करणले होमियोप्याथिक चिकित्सा पद्धती, यसको सरुवात र विकासक्रमका बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा उहाँले लामो खोज र अनुसन्धानपछि सन् १७९६ मा जर्मनबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्धती अरु उपचार पद्धती भन्दा राम्रो भएको दावी गर्नुभयो । उहाँले ६८ वटा रोगमा अनुसन्धान गरेर प्रमाणित भएको होमियोप्याथिक उपचार पद्धती जती विकास हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै उहाँले भारतमा अलि धेरै विकास भएपनि नेपालमा कोशी प्रदेशमा अस्...
‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन: रामहरि खतिवडा नैतिक जिम्मेवार

‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन: रामहरि खतिवडा नैतिक जिम्मेवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ संघीय निजामती सेवा विधेययकमा कुलिङ अफ पिरियडलाई निष्रभावी बनाउने शब्द कसले घुसायो भन्नेबारे अध्ययन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठकले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ। छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको हो। दुई दिन, दुई रातको छलफलपछि मंगलबार बिहान सवा ४ बजे सहमति जुटेको हो। ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने भन्ने भाषा लेखिएको छ। अन्यको हकमा विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने भएको छ,’ समितिका ती सदस्यले भने। समितिका ती सदस्यले सभापतिको हैसियतले खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको निष्कर्षसहित प्रतिवेदन तयार भएको जानकारी दिए। उनले भने, ‘कानुनअनुसार हस्ताक्षर गर्ने उहाँ (खतिवडा) हो। उहाँ...