बुटवलको सिद्धार्थ केवलकार अपग्रेडपछि पुनः सञ्चालनमा


बुटवल

 पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण पूर्वाधार सिद्धार्थ केवलकार सिष्टम अपग्रेड र नयाँ पूर्वाधार निर्माणसँगै पुनः सञ्चालनमा आएको छ। बुटवल–पाल्पा सीमास्थित नुवाकोट गढी जोड्ने केवलकार केही समयका लागि बन्द गरिएको थियो।

सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङका अनुसार, असार दोस्रो सातादेखि बन्द गरिएको केवलकार साउन दोस्रो साता देखिनै नियमित सञ्चालनमा आएको हो।

यस अवधिमा केवलकारमा प्रविधिगत सुधारसहित पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशनस्थित सिद्धार्थ गार्डेनमा उडन परगोला र लाइटिङ प्रणाली, नयाँ रेष्टुरेन्ट भवन, टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका कार्य गरिएको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो।

हाल बटमदेखि टप स्टेशनसम्म २ किलोमिटर दुरीमा ८ जनाको क्षमता भएका २५ वटा गोण्डुला सञ्चालनमा छन्। पूर्वमा चेन हलेज सिष्टम रहेको केवलकारमा अहिले टायर हलेज प्रविधि लागू गरिएको छ, जसले यात्रा सहज बनाउनुका साथै समयसमेत घटाएको प्रवन्धक कार्कीको भनाइ छ। पोलमा आउने आवाज रोकिएको र लाइटिङ व्यवस्थाले यात्रालाई झन आकर्षक बनाउने बताइएको छ।

साँस्कृतिक सम्पदासँगको सम्बन्ध सिद्धार्थ केवलकार बुटवल उपमहानगरपालिका–१ मा रहेको बटम स्टेशनदेखि पाल्पाको तिनाउँ गाउँपालिका–१ स्थित ऐतिहासिक नुवाकोट गढीसम्म सञ्चालन हुन्छ। समुद्री सतहबाट बटम स्टेशन ३०० मिटर र टप स्टेशन ८०० मिटर उचाइमा अवस्थित छन्।

सामरिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिने नुवाकोट गढी नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित स्थल हो। यस क्षेत्रमा रहेको काल भैरव मन्दिर, सेनकालीन चतुर्भुज विष्णु मूर्ति, कोत घर जस्ता सम्पदाले धार्मिक र सांस्कृतिक पर्यटक आकर्षण बढाएका छन्।

बुद्ध मार्ग र सिद्धार्थको प्रतिक सिद्धार्थ गौतम बुद्धको नामबाट नामकरण गरिएको केवलकार परिसरमा उहाँको जीवनसँग जोडिएका प्रतीकहरू समेत निर्माण गरिएको छ। जन्मपश्चात उत्तरतर्फ बढेका ७ पाइलालाई समर्पित गर्दै बटममा ६ र टपमा १ गरी ७ वटा कमलका फूल निर्माण गरिएको छ। बुद्धले बाल्यकालमा यही क्षेत्रबाट शिक्षा हासिल गरेको मान्यता रहेकोले यो भूमिलाई “बुद्धमार्ग”सँग पनि जोडिएको बताइन्छ।

अवसर र सम्भावना कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीका अनुसार, बाँकी पूर्वाधार निर्माण सम्पन्न भएपछि यो क्षेत्र पर्यटकीय उचाइमा पुग्ने विश्वास लिइएको छ। पूर्वाधार सुदृढीकरण र ऐतिहासिक–धार्मिक सन्दर्भहरू जोडिएपछि सिद्धार्थ केवलकार पर्यटकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

काठमाडौँराजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा स...
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

काठमाडौँसह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोम...
लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

बुटवललुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्व...