यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (बुधबार) कोशी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...