विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान
रूपन्देहीरूपन्देही विद्युतीय व्यवसायी संघले संघको १७औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार रक्तसंचार केन्द्र बुटवल परिसरमा सम्पन्न कार्यक्रममा ३४ जना विद्युतीय व्यवसायीले रक्तदान गरेका छन्।संस्थाका अध्यक्ष शान्ताराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तथा केन्द्रीय काेषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले संस्थालाई व्यवसायका हकहित र सशक्त बनाउँदै १७ वर्ष पुरा भएको र थप सशक्त बनाउन पूर्व अध्यक्षको तर्फबाट तथा केन्द्रको तर्फबाट सक्दो साथ रहने विश्वास व्यक्त गरे। संस्थालाई सशक्त बनाउन सबै व्यवसायी लाग्नुपर्ने बताउंदै संस्थाले सबैको साथले आफ्नो सचिवालय स्थापना गर्न सफल भएको स्मरण गराए ।
रक्तसंचार केन्द्रका केन्द्रीय अध्यक्ष दया सिलवालले संस्थाको स्थापना दिवसमा संस्थाले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा सम्पूर्ण विद्युतीय व्यवसायी...








