टप एन्ड ट्वान्टी-२० मा नेपालकाे लगातार दोस्रो जीत


काठमाडौ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड ट्वान्टी-२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले बुधबार काजालिस एरिनामा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हरायो ।

जितसँगै नेपालले पाँच खेलमा चार अंक जोडेको छ । पछिल्लो खेलमा होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको नेपाल त्यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रनमै समेटियो ।

मेलबर्नका अरुण नायरले २६, जय लेमिरेले १८, ह्यारी डिक्सनले १६ ओली पिकेले १४ र ह्यारी होएकस्ट्राले ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुशल भुर्तेलले दुई तथा शाहब आलम र रुपेशकुमार सिंहले समान एक हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, रुपेशकुमार सिंहले अविजित १६ र आरिफ शेखले १२ रन बनाए ।

मेलबर्नका लागि फर्गुस ओ’ निल, क्यालम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान दुई विकेट लिए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...