एक महिनामा गुल्मीमा ५ सडक ३८ पटक अवरुद्ध


३ भदौ, गुल्मी । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन् । सडक अवरोधका कारण २१२ घण्टासम्म सवारीसाधन चल्न नसकेको बताइएको छ ।प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी अवरोध रुद्रावेणी-वामीटक्सार सडक खण्डमा भएको हो । यो सडक मात्र साउन महिनाभरि १७ पटक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

यो सडकको डहरे खोलामा पक्की पुल अभावले अवरुद्ध हुने गरेको छ । बारम्बारको अवरोधले यात्रु, व्यापारी र स्थानीय बासिन्दालाई ठूलो सास्ती भएको छ ।त्यस्तै कालिगण्डकी करिडोर, जुन राष्ट्रिय गौरवको आयोजनामार्फत निर्माणाधीन छ । साउन महिनामा १३ पटक अवरुद्ध भएको छ ।

अन्य तीन सडकहरू रिडी–तम्घास, रिडी-खज्याङ, र पनाहा-धुर्कोट-जैसिथोक सडक पनि पहिरोका कारण प्रभावित भएका छन् ।रिडी-तम्घास सडक ५ पटक, रिडी-खज्याङ २ पटक, र पनाहा-धुर्कोट-जैसिथोक सडक १ पटक पहिरोले अवरुद्ध भएको प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।

सडक अवरुद्ध भएपछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र सडक डिभिजन कार्यालयबीच समन्वय गरेर सडक सुचारु गर्ने कार्य हुँदै आएको प्रहरीले जाएको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...