पुष्पलाल र उनको योगदान
बुटवलपुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको धरोहर र एउटा क्रन्तिकारी योद्धा थिए । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव थिए । उनकै पहलकदमी र नेतृत्वमा २००६ साल वैशाख १० गते अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता लेनिनको जन्म दिवसको अवसर पारेर भारतको कलकत्ताको श्यामबजारमा एक जना बङ्गालीको घरमा बसेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना पाँच जना युवा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर निर्माण गरेका थिए । पुष्पलाललाई महामन्त्रीमा निर्वाचित गरिएको थियो । त्यतिबेला देशभित्र जहानियाँ राणाको भीषण दमन चलिरहेको थियो । नेपालमै बसेर राणा शासन विरोधी राजनीति गर्न सक्ने वातावरण थिएन । त्यसैले भारतमा पुगेर नेकपा ...








