समाचार

अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताउनुभएको हो ।सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन सामाजिक विकासको संवर्दन’ भन्ने नारासहित मनाइँदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न प्रदे...
रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेश सांसद

रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेश सांसद

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
बुटवललुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ। भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधनपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङ नियुक्त भएकी छन्। प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन् । को मंसिर ११ को निर्णयअनुसार रिक्त स्थानमा उनलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रममा रुपन्देहीको देवदह नगरपालिका-५ निवासी गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी थिइन् र प्राथमिकता सूचीको पहिलो स्थानमा भएकाले अवसर पाएकी हुन्। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को...
मन्त्रिपरिषद्को बैठकका २७ निर्णय सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका २७ निर्णय सार्बजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । त्यसैगरी बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् । त्यस्तै सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष कुमार शर्मा आचार्यलाई मनोनित गर्ने निर्णय गरे...
भारतमा नेपाली यात्रु बोकेको बसमा भीषण आगलागी, दर्जनौँ घाइते

भारतमा नेपाली यात्रु बोकेको बसमा भीषण आगलागी, दर्जनौँ घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंसोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा अनेक नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार थिए, जसमा धेरैजना बुटवल तथा आसपासका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।घाइतेहरूको सूचीअनुसार गुल्मी तम्घासका शिवबहादुर परियार, पूर्णिमा परियार, कावासोतीका कृष्णबहादुर, विष्णुबहादुर, अनिलबहादुर, सरस्वती र बुटवलका दिवाकर न्यौपाने घाइते रहेका छन् ।त्यसैगरी बुटवलकी दिया योगी, गुल्मी तम्घासका विशाल गुरुङ, छत्रकोटका लालबहादुर, गुल्मीकै उसा, स्याङ्जाका सुबोध अर्याल, मोरङका कमलबहादुर पौडेल र भुवन पनि घाइतेको सूचीमा परेका छन् ।घाइतेमध्ये पाल्पाका ओमबहादुर, गुल्मी तम्घासका वसन्त सर्तुंगी, बुटवलका सोनाम, अनिसा, गुनबहादुर, सुनवल-नवलपरासीका बोधबहादुर र धनकुमारी पन...
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो । यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु ...
बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान

बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवलका संस्थागत विद्यालयहरुमा छात्रबृत्ति पाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाले २०८१ सालमा छात्रावृत्ति प्राप्त गरिरहेका संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका ३३९ जना विद्यार्थीहरुलाई सोमबार प्रमाणपत्र प्रदान गरेको हो । सो अवसरमा उपमहानगरले छात्रबृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले छात्रावृत्तिको लागि बुटवल उपमहानगरपालिकाले कुनै पनि हस्तक्षेप नगरि विद्यालयहरुलाई स्वतन्त्र छनौट गर्न दिएको जानकारी दिए । उपमहानगरले छात्रबृत्तिमा अध्धयनरत विद्यार्थीहरुको अवस्था बारे अनुगमन भने गरिरहेको उनले बताए । नगर प्रमुख पाण्डेयले बुटवललाई चलायमान गराउनका लागि यहाँका शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । प्रमुख पाण्ड...
८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रूपन्देहीरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि होइन, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने बताउँदै प्रमुख खाँणले तिलोत्तमाका सबै संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाले एकजुट ...
पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँनेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको प्रवक्ता डा। महतले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय कांग्रेसले गरेको छ । ...
भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने सरकारको निर्णय

भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छत्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले श्रीलंकामा हालैको ...
पार्टीभित्र ओली सरह सर्वस्वीकार्य नेता छैन – सूर्य थापा

पार्टीभित्र ओली सरह सर्वस्वीकार्य नेता छैन – सूर्य थापा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रूपन्देहीनेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाइ गर्ने चाहना पूरा हुन नदिइने बताएका छन्। उनले ओलीलाई बिदाइ गर्ने कुरा असम्भव भएको बताए। प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले महाधिवेशनमा ओलीको विकल्प नखोजिने स्पष्ट धारणा राखे। विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागिपरेको जनाउँदै अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्ने भएकाले ओलीको विकल्प खोज्ने कुरा नहुने बताए। 'आन्तरिक प्रतिस्पर्धा भए पनि ११ औं महाधिवेशनले ओलीकै नेतृत्व चुन्छ,' उनले भने। पार्टीभित्र भइरहेको ओली विरूद्धको मोर्चाबन्दी निस्तेज पारिने भन्दै उनले केपी ओलीलाई टक्कर दिने कोही नभएको बताए। 'पार्टीभित्र केपी ओलीलाई टक्कर द...