पार्टीभित्र ओली सरह सर्वस्वीकार्य नेता छैन – सूर्य थापा


रूपन्देही
नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाइ गर्ने चाहना पूरा हुन नदिइने बताएका छन्।

उनले ओलीलाई बिदाइ गर्ने कुरा असम्भव भएको बताए।

प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले महाधिवेशनमा ओलीको विकल्प नखोजिने स्पष्ट धारणा राखे।

विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागिपरेको जनाउँदै अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्ने भएकाले ओलीको विकल्प खोज्ने कुरा नहुने बताए।

‘आन्तरिक प्रतिस्पर्धा भए पनि ११ औं महाधिवेशनले ओलीकै नेतृत्व चुन्छ,’ उनले भने।

पार्टीभित्र भइरहेको ओली विरूद्धको मोर्चाबन्दी निस्तेज पारिने भन्दै उनले केपी ओलीलाई टक्कर दिने कोही नभएको बताए।

‘पार्टीभित्र केपी ओलीलाई टक्कर दिने कोही छैन, यो कुरा ईश्वर पोखरेलले पनि बुझ्नुपर्छ,’ उनले भने।
मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ छ।

‘यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेदवार बन्नुभएका भीम रावलले जम्मा दुई सय मत प्राप्त गर्नुभएको थियो, यसपालि महाधिवेशनमा अध्यक्षमा ओलीका विरूद्ध उम्मेदवार बन्नेको त्योभन्दा नराम्रो अवस्था हुन्छ,’ उनको दाबी छ।
यस्तै, थापाले पार्टी भित्रको मौन प्रवृत्ति घातक हुने भन्दै अधिकांश पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको मौनता केका लागि भन्ने स्पष्ट नभएको बताए।

एकथरीले पार्टी जोगाउनुपर्छ भनेर डिफेन्स गरिरहेका बेला अर्को समूहले मौनता साँध्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ।

उनले एमाले मुलुकको प्रमुख शक्ति भएकाले केही समूह वा नेता चोइटिँदैमा कुनै फरक नपर्ने बताए।

थापाले जेनजी आन्दोलन डिजाइनमा भएको भन्दै वास्तविक जेनजीहरूले आगजनी र तोडफोड नगरेकोले सिंहदरबार र सर्वोच्च जस्ता ऐतिहासिक स्थल जलाउनेहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा राखे।

आफूहरूले आवाज उठाएपछि जेनजीका नाममा अराजकता गर्नेहरू केही पक्राउ परेको उनको दाबी छ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...