समाचार

औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको भीड

औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको भीड

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलऔद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरुका स्टल रहेका छन् । प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलहरुमा अवलोकनकर्ताले बढी चासो राखेका छन् ।संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीहरुको रहेका छन् । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीका अनुसार प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो रहेको बताउनुहुन्छ ।’अरु स्टलहरुमा भन्दा महिला उद्यमहरुको स्टलमा पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई वि...
रवि र बालेनबीच भेटवार्ता

रवि र बालेनबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।दुई नेताबीच सोमबार भेटवार्ता भएको रास्वपा स्रोतले जनाएको छ। काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भेटवार्ता भएको हो। भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल जारी रहेको स्रोतको भनाई छ। शुक्रबार कारागारबाट निस्किएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्। उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन्। ...
निर्वाचन कार्यतालिका हेरफेर हुंदैन : प्रमुख आयुक्त भण्डारी

निर्वाचन कार्यतालिका हेरफेर हुंदैन : प्रमुख आयुक्त भण्डारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन् ।सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो बनेको उदाहरण दिँदै निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव नरहेको बताएका हुन् ।‘यदि समानुपातिक निर्वाचन प्रणलीको उम्मेद्वारको नाम पेस गर्ने समय परिवर्तन गरियो भने त्यो परसम्मको समय धक्का लाग्छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न निषेधित थियो हामीले सरकारलाई आग्रह गरेर थप्यौं सयम सिमाले नपुगेर अलिकति अझ थप्दापनि हाम्रा कर्मचारी १५ देखि २० दिन सुत्न पाउनुभएन त्यति पेचिलो बन्यो । अर्को जनशक्ति थपेर गरौं भने पनि सम्भव छैन । विधि र प्रक्रिया जानेको व्यक्तित्व त चाहियो नि हामीलाई त्यसैल...
कालिका मानवज्ञान माविको ६५औं बार्षिक उत्सव सम्पन्न

कालिका मानवज्ञान माविको ६५औं बार्षिक उत्सव सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलदेशकै सर्वोच्च सामुदायिक विद्यालयका कालिका मानवज्ञान माविले ६५औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार विद्यालयका एक विशेष समारोहको आयोजना गरी बार्षिक उत्सव मुल समारोह गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको मुल समारोहमा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शैक्षिक क्षेत्रमा कालिका मानावज्ञान माविको भुमिका सबैभन्दा महत्वपूर्ण भएको बताएका थिए । उनले शैक्षिक, भौतिक, व्यवस्थापकीय रुपमा देशकै अब्बल सामुदायिक विद्यालयको रुपमा पहिचान स्थापना गर्न सकेकोमा बधाई ज्ञापन गरेका थिए ।मेयर पाण्डेले बुटवलको शिक्षालाई महत्व दिएर वाहिर जिल्लाबाट आएका विद्यार्थीहरुको लागि सम्मान, माया गर्नुपर्ने बताएका थिए । बुटवललाई आर्थिक, शैक्षिक र आशालाग्दो सहरको रुपमा विका...
माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमाछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर गर्दै अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल–११ प्रगतिगरस्थित नेपाल अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट हस्तान्तरण गरेको हो ।सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेल, माछापुच्छ्रे बैंक बुटवल शाखा प्रबन्धक लालबाबु शाह, सहायक शाखा प्रबन्धक सन्तोष केसी, अपरेशन इन्चार्ज देवका बश्याल लगायतले संयुक्त रूपमा आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सेट हस्तान्तरण गरेका हुन् ।सोही अवसरमा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बताए । अपाङ्गता भएकै कारण घरपरिवारबाट अपहेलित हुनुपरेकाहरुलाई आश्रय ...
बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारका लागि "बा-आमासंग नगरप्रमुख निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार" कार्यक्रमको शुरुवात गरेको छ।सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १स्वास्थ्य केन्द्र , परोपकार भवनबाट शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरका सवै जेष्ठ नागरिक बा-आमाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच र उपचार गर्ने कामको शुरुवात गरेका छन्।उपमहानगर भित्रका १९ वटै वडाहरूका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारको लागि सिफारिस लगायतका पहल कदमी गरिरहनु परेको बताउंदै अब जेष्ठ नागरिकहरुलाई त्यो झन्झटबाट मुक्त गराई जेष्ठ नागरिकको सम्मान स्वरुप र सुखदुःखमा स्थानीय सरकार रहेको अनुभूति दिलाउन घर आँगनमै सेवा दिनेयोजनाको शुरुवात गरेको प्रतिवद्धता व्यक्त गरे।उक्त अभियान शुरुवातमा कठिन देखिएपनी बिस्तारै सामाजिक जनचेतनाले बुटवलका स्वास्थ्य केन्द्र, ...
मिराज ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप, निकोलस भुसाललगायत पक्राउ

मिराज ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप, निकोलस भुसाललगायत पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी अभियन्ता मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा. निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ ।यसअघि प्रहरीले आन्दोलनका लागि उपस्थिति हुन थालेपछि अनुमति नलिएर आन्दोलन गर्न नपाइने भन्दै माइकिङ गरेको थियो । ढुंगाना समुहले आजको माइतीघरमा प्रदर्शन गर्न प्रशासनिक अनुमति नलिएकोले अनुमति नलिएर कार्यक्रम गर्न नपाइने प्रहरीले माइकिङ गरेर जानकारी दिएको थियो । ढुंगाना समुहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । अहिले माइतीघरमा उपस्थित भएका युवाहरुले नाराबाजी गरिरहेका छन् भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास शुरु गरेको छ । युवाहरुले सुशिला कार्कीको राजीनामा मागिरहेका छन् भने जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेहरुलाई कारवाहीको माग ...
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला संगठन समिति रुपन्देही द्वारा सोमबार बुटवलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।पत्रकार सम्मेलनमा केन्द्रीय स्थायि समिति सदस्य कृष्णराज पौडेलले अहिलेको सरकार र यो सरकारले निर्वाचन गरि वन्ने सरकार देशको स्वाभिमान अनुरुपको नहुने र विदेशीको कठपुतली सरकार भएको र सोही अनुसार निर्वाचित हुने हुनाले आफ्नो पार्टीले सहभागिता नजनाउने वताएका छन्।जारी प्रेस विज्ञप्तिमा भनिएको छ। २०८२ साल भाद्र २३ गते जेन-जीहरूको शान्तिपूर्ण तथा न्यायपूर्ण आन्दोलनलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले हिंसात्मक रूप दिएर त्यही पृष्ठभूमिमा नेपाललाई प्रतिगमनतर्फ धकेले। संसदीय व्यवस्थाका सरकार प्रमुख नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट र...
फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले व्यवस्थापन गरेको फोटो प्रदर्शनीमा पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई एउटै थलोमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र राखिएका पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको अवलोकनकर्ताले जनाएका छन् ।यो प्रदर्शनीमा लिथो मेशिन, बाइनकुलर, बाँसको कलम, खड्कशमशेर जुद्धसमशेरको पालाको इँटा, बिसौनी –तराजु०, फोटो खिच्ने पुरानो भाडा, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, पुरनो फोटा छाप्ने मेशिन, टेलिफोन, ...
रवि छुटेको दुई दिनपछि धरौटी बुझाएर छुटे छविलाल

रवि छुटेको दुई दिनपछि धरौटी बुझाएर छुटे छविलाल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्।रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले आइतबार धरौटी माग गरेर रिहा गर्ने आदेश दिएको हो। जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार रवि लामिछानेलाई बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा पनि सक्कल जमानतसहित निवेदन दिएमा पुनःविचार गर्न आदेश दिएको थियो। त्यतिबेला रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश गर्दै जोशीलाई पनि थुनामै राख्ने आदेश सदर गरेको थियो। सर्वोच्चले पनि थुनामा राख्ने आदेश नै सदर गरेको थियो। त्यसपछि दुवै ज...