औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको भीड


बुटवल
औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ ।

पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरुका स्टल रहेका छन् । प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलहरुमा अवलोकनकर्ताले बढी चासो राखेका छन् ।
संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीहरुको रहेका छन् । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीका अनुसार प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो रहेको बताउनुहुन्छ ।
’अरु स्टलहरुमा भन्दा महिला उद्यमहरुको स्टलमा पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई विशेष प्रोत्साहन गरेर प्रदर्शनीमा राखेको अवस्था छ’ उहाँले भन्नुभयो । घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरुलाई महिला उद्यमीहरुले प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने सहकोषाध्यक्ष राजु घिमिरेले बताउनुभयो ।
रुपन्देही उद्योग संघ सबै उद्योगीको साझा मन्च भएपनि प्रदर्शनीमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि विशेष सहुलियत दिएको र सहभागी स्टलधनीहरु पनि खुसी भएको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो । उहाँले प्रदर्शनीमा सहभागीे उद्यमीका समस्या, श्रमिकका कथा र उत्पादन प्रक्रियालाई सहभागीले विशेष चासो राखेको बताउँछन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको कोषाध्यक्ष विशाल वेलबासे बताउनुहन्छ ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु रहेको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । प्रदर्शनीमा अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेश भट्टराई, हेमन्त शर्मा, रामचन्द्र काफ्ले, बन्दना पाण्डेलगायतका कलाकारले आफ्नो प्रस्तुती देखाइसकेका छन् ।

प्रदर्शनीको प्रचार प्रसार संयोजक इं किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत विभिन्न मिडिया तथा सामाजिक सन्जालहरुबाट सार्वजनिक गरिरहेको जानकारी दिनुभयो । यसैबीच प्रदर्शनीमा मंगलबार बिहान नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव विषयक कार्याशाला गोष्ठी हुने संयोजक डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...