बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात



बुटवल
बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारका लागि “बा-आमासंग नगरप्रमुख निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार” कार्यक्रमको शुरुवात गरेको छ।
सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १स्वास्थ्य केन्द्र , परोपकार भवनबाट शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरका सवै जेष्ठ नागरिक बा-आमाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच र उपचार गर्ने कामको शुरुवात गरेका छन्।
उपमहानगर भित्रका १९ वटै वडाहरूका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारको लागि सिफारिस लगायतका पहल कदमी गरिरहनु परेको बताउंदै अब जेष्ठ नागरिक
हरुलाई त्यो झन्झटबाट मुक्त गराई जेष्ठ नागरिकको सम्मान स्वरुप र सुखदुःखमा स्थानीय सरकार रहेको अनुभूति दिलाउन घर आँगनमै सेवा दिनेयोजनाको शुरुवात गरेको प्रतिवद्धता व्यक्त गरे।
उक्त अभियान शुरुवातमा कठिन देखिएपनी बिस्तारै सामाजिक जनचेतनाले बुटवलका स्वास्थ्य केन्द्र, स्वास्थ्य क्लिनिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रदेशका प्रयोगशाला र सरोकारवाला सवैको साथ सहयोगमा सफल हुनेमा विश्वस्त रहेको धारणा राखे।
पुष २१ गते सम्म सवै वडामा चल्ने स्वास्थ्य शिविरको परिक्षणका लागि प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई उपमहानगरले रकम उपलब्ध गराउने योजना अनुसार अगाडि बढेको वताए।


बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष नरेन्द्र वस्नेतले उपमहानगरपालिकाले देशकै उदाहरणिय काम गर्नलागेको बताउंदै सरोकारवाला सवैको साथ सहयोग रहनु पर्ने भन्दै सहयोगको आव्हान गरे।
उनले उक्त सेवाकेन्द्रबाट वार्ड नम्बर १का सम्पुर्ण जेष्ठ नागरिकहरुलाई सेवा लिन आव्हान गरे।
कार्यक्रममा सिद्धार्थ महिला तथा वाल अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद पराजुली, खत्री मेडिकलका प्रवन्ध निर्देशक डाक्टर डिवि खत्री,चौराहा हस्पिटल का प्रवन्ध निर्देशक विरु भण्डारीलगायतले वोल्दै नगर प्रमुख पाण्डेको यो महत्वपूर्ण योजना रहेको र सफल पार्न आफुहरु लाग्ने र सरोकारवाला सबैलाई पुण्य कर्ममा लाग्न आव्हान गरेका थिए ।

छुटाउनुभयो कि ?

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...