निर्वाचन कार्यतालिका हेरफेर हुंदैन : प्रमुख आयुक्त भण्डारी


काठमाडौं
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो बनेको उदाहरण दिँदै निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव नरहेको बताएका हुन् ।
‘यदि समानुपातिक निर्वाचन प्रणलीको उम्मेद्वारको नाम पेस गर्ने समय परिवर्तन गरियो भने त्यो परसम्मको समय धक्का लाग्छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न निषेधित थियो हामीले सरकारलाई आग्रह गरेर थप्यौं सयम सिमाले नपुगेर अलिकति अझ थप्दापनि हाम्रा कर्मचारी १५ देखि २० दिन सुत्न पाउनुभएन त्यति पेचिलो बन्यो । अर्को जनशक्ति थपेर गरौं भने पनि सम्भव छैन । विधि र प्रक्रिया जानेको व्यक्तित्व त चाहियो नि हामीलाई त्यसैले खेलको नियम सुरु भएपछि तालिका परिवर्तन नगरौं भन्ने हाम्रो आग्रह छ ।’
त्यस्तै, उनले बैठकमा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने धारणा राखेका थिए ।

उनलाई उत्तर फर्काउँदै भण्डारीले भने, ‘गोला प्रथाबाट चिन्ह निर्धारण गर्न लाग्यो रे आयोगले भन्ने कुरा पनि आयो । यस्तो रे को कुरामा राजनीतिक दलमा राम्रोसँग प्रतिनिधित्व गर्ने अगुवा व्यक्तिले त्यस्तो कुरा गर्न हुँदैन् । त्यो त ऐनमा नै छ त । ऐनमा भएको कुरा आयोगले परिवर्तन गर्न सक्दैन् । एकपटक ऐन कानुन राम्रोसँग हेर्न आग्रह गर्छु ।’

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...