कालिका मानवज्ञान माविको ६५औं बार्षिक उत्सव सम्पन्न


बुटवल
देशकै सर्वोच्च सामुदायिक विद्यालयका कालिका मानवज्ञान माविले ६५औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार विद्यालयका एक विशेष समारोहको आयोजना गरी बार्षिक उत्सव मुल समारोह गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको मुल समारोहमा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शैक्षिक क्षेत्रमा कालिका मानावज्ञान माविको भुमिका सबैभन्दा महत्वपूर्ण भएको बताएका थिए । उनले शैक्षिक, भौतिक, व्यवस्थापकीय रुपमा देशकै अब्बल सामुदायिक विद्यालयको रुपमा पहिचान स्थापना गर्न सकेकोमा बधाई ज्ञापन गरेका थिए ।
मेयर पाण्डेले बुटवलको शिक्षालाई महत्व दिएर वाहिर जिल्लाबाट आएका विद्यार्थीहरुको लागि सम्मान, माया गर्नुपर्ने बताएका थिए । बुटवललाई आर्थिक, शैक्षिक र आशालाग्दो सहरको रुपमा विकास गर्नको लागि सबैले जोड दिनुपर्ने बताएका थिए ।
बुटवल प्रति विश्वास गर्ने जोकोहीलाई बुटवले सम्मान गर्दै जाने परिपाटीको विकास गरिएको बताएका थिए । उनले विद्यार्थी, अभिभावक, शिक्षकहरुको सबैको आत्मयताको कारण पनि कालिका मानवज्ञानले उदाहरण पेश गरिएको बताएका थिए । विगतको कठीन परिस्थीतलाई पार गर्दै कालिकाले देशमा अब्बल नतिजा ल्याउनमा ठोस योगदान दिएको बताएका थिए ।
कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुनले कालिका मानवज्ञान मावि देशकै अब्बल विद्यालयको रुपमा पहिचान स्थापना गर्न सफल भएकोका बधाई दिदै विद्यालयको भवन निर्माण, खेल मैदान विस्तार लगायतका अन्य भौतिक पुर्वाधार निर्माणको लागि स्थानीय स्तरबाट सहयोग प्रदान गर्दै जाने बताएका थिए । उनले साविक मानवज्ञान विद्यालयको भौतिक पुर्वाधार विकासको लागि पालिकाले सहयोग प्रदान गर्दै आएको र आगामी दिन पनि पनि सहयोग गर्दैै जाने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यमालयका पुर्व प्रधानाध्यापक घनश्याम पाठक, अभिभावक संघ नेपाल केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, नयाँ गाउँ माविका प्रधानाध्यापक पुरुशोत्तम भट्राई, अग्रज लेखक, मदनलाल पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापा विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानकुल प्राविधिक शिक्षामा विद्यालयले विशेष जोड दिएको बताएका थिए । उनले शिक्षकहरुको कार्यमुलक अनुसन्धान सहित हरेक कक्षामा ईन्चार्ज तोकेर सोही अनुसार कार्य गर्दै आएको बताएका थिए । बालमैत्री र व्यवहारिक विधि, हरेक दिन एक सिकाई मा बालमनोविज्ञानको आधारमा शिक्षण सिकाईमा जोड दिइएको बताएका थिए ।
मुल सामोराहमा विद्यायले प्रदान गर्दै आएको विभिन्न छात्रवृत्ती बाट विद्यार्थीलाई सम्मान गरिएको थियो । ५० हजार नगद पुरस्कार सहित कक्षा १२ को परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने रिजन पछाई सहित कक्षा १० को परिक्षामा उत्कृष्ठ ४ जी जिपीए ल्याउने विद्यार्थी लाई नगद सहित सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्र...
तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भे...