समाचार

८३ओैं जन्मजयन्तीकाे अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक” पुस्तक लाेकार्पण

८३ओैं जन्मजयन्तीकाे अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक” पुस्तक लाेकार्पण

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलजीवराज आश्रितकाे ८३ औं जन्मजयन्तीका अवसरमा "जीवराज आश्रितको वैचारिक आलाेक"( जीवनी,व्यक्तित्व र कृतित्व) पुस्तक एक समाराेहबीच साेमवार बुटवलमा लाेकार्पण सम्पन्न भयाे । पुस्तक लाेकार्पण गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य माननीय लिला गिरीले जीवराज आश्रित अनुशासित र पार्टीप्रति बफादार नेता हुनुहुन्थ्यो । गीरीले उहाँकाे जीवनी,व्यक्तित्व र कृतित्वका बारेमा जीवराज आश्रित स्मृति प्रतिष्ठानकाे अनुराेधमा डा.मुरारि पराजुलीले लेख्नु भएकाे पुस्तक पठनीय,सङ्ग्रहणीय रहेकाे उल्लेख गरे ।उनले सबै जनजनका बीच पुस्तक पुराएर आश्रितलाई सबैकाबीच पुराउनु आजकाे आवश्यकता रहेकाे समेत उनले बताए ।प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले पुस्तक प्रकाशन कठिन खाेजमूलक कार्य भएकाे हुँदा उक्त जटिलतालाई चिर्दै पुस्तक प्रकाशन हुनु प्रशंसनीय रहेकाे बत...
१३ वर्ष उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन पाइने

१३ वर्ष उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन पाइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं१३ वर्ष उमेर पुगेकाले बालबालिकाले जागिर (हलुका काम) खान पाउने भएका छन् । यस निम्ति बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ मा संशोधन गरिँदै छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दर्ता गरेको बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन संशोधन विधेयकको दफा ३ मा यस्तो व्यवस्था प्रस्तावित छ ।‘कसैले पनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित काममा बाहेक अन्य काममा लगाउनु हुँदैन,’ दफा ३ को उपदफा १ मा छ ।यहाँ स्पष्टीकरण खण्ड राखिएको छ । स्पष्टीकरणमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनको लागि ‘बालबिकाससँग सम्बन्धित काम’ भन्नाले बालबालिकाको शारीरिक वृद्धि र विकासका साथै मानसिक, बौद्धिक, संवेगात्मक, शैक्षिक र सामाजिक विकाससँग सम्बन्धित काम सम्झनु पर्छ ।’उपदफा २ मा १३ वर्ष पुगेकाले बालबालिकाले हलुका काम गर्न पाउने व्यवस्था प्रस्तावित छ ।‘उपदफा (१) मा जु...
रोल्पाको ल्रिवाङ केन्द्रविन्दु भएर गएराती भूकम्पको धक्का महसुस

रोल्पाको ल्रिवाङ केन्द्रविन्दु भएर गएराती भूकम्पको धक्का महसुस

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँरोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। ...
पेट्रोलियम पदार्थको बढ्यो मुल्य ,के मा कति ?

पेट्रोलियम पदार्थको बढ्यो मुल्य ,के मा कति ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंपेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आईतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । ...
सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन- गगन थापा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।‘हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ,’ उनले भने ।सरकारले ...
पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

पेरुमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँदक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूका अनुसार सेस्ना क्याराभान सि–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको हो ।विमानमा ११ जना पर्यटक र दुई जना चालक सवार थिए। पेरुको सरकारी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा दुई जर्मनी, दुई स्पेन र सात इटालीका नागरिक रहेका छन् । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी अधिकारीहरूले दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार हुने सम्भावना नरहेको बताएका छन् । हालसम्म चार जनाको शव फेला परिसकेको जनाइएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का रेखामाथि पर...
वीरगञ्जमा हट्यो निषेधाज्ञा

वीरगञ्जमा हट्यो निषेधाज्ञा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँजिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओं) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए । सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ । ...
नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।“हामीले प्राइज डट आइआरडी डट जीओभी डट एनपि (prize.ird.gov.np) नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौँ,” उपमहानिर्देशक शर्माले भने, “नगद भुक्तानी गरी स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ।” क्यूआरमार्फत गरिने कारोबार प्रणाल...
फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय समिति, लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन। शनिबार बुटवलमा भएको अधिवेसनबाट महासंघको उपाध्यक्ष भुन बहादुर कुवर मगर, सचिव काशीराम पोखरेल, कोषाध्यक्ष अग्नी कुमार अग्रहरी तथा सदस्यहरुमा मदन कृष्ण आचार्य, सन्दिप ढुगाना सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ओम बहादुर बस्नेत छन।कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्घाटन गर्दै सागठनिक रुपमा सबल बनाउने र प्रदेश संरचनालाई स्वयक्त बनाउने गरि विधान संसोधनको प्रक्रियामा रहेको बताए। संघको आवश्यकता किन छ भन्ने बुझाउदै बढिभन्दा बढि जिल्लालाई समेट्न उनले आग्रह गरे।कार्यक्रममा केन्द्रिय महासचिव सुबेन्द्र जोशी...
ग्यासको आपूर्ति नियमित छ, अभाव छैन- निगम

ग्यासको आपूर्ति नियमित छ, अभाव छैन- निगम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् । गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।“ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्...