रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड
रुपन्देहीरोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना गरिएको थियो ।
क्लबका नवनिर्वाचित अध्यक्ष विक्रम रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरी प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, मेजर डोनर, मेन्टर तथा सदस्यहरू गरी करिब १५० जनाको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजन प्रेसिडेन्ट नोमिनी मिलन भण्डारीले गरेका थिए भने सञ्चालन निवर्तमान सचिव ओम खत्री र नवनियुक्त सचिव राजेश खरेलले गरेका थिए । स्वागत मन्तव्य मिलन भण्डारीले व्यक्त गरेका थिए ।
समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोप...






