Author: संचार पत्र

राजश्व चुहावट रोक्न गृहमन्त्रीको निर्देशन

राजश्व चुहावट रोक्न गृहमन्त्रीको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिएका छन् । उनले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिए । ‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छ’ गृहमन्त्रीले भने –‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ उनले पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए ।  गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताए। उनले शान्ति सुरक्षा खलबलिनेवितिकै मौलि...
कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी

कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी

Breaking news 1, खेलकुद, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्पूर्ण प्रगति गरेको बताएका छन् । उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमाणीत गरेको बताए । उनले भने–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’ उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरीरहेको समेत बताए । शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिह...
गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन

गुल्मीको एक गाउँका प्रत्येक घरमा माहुरी पालन

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ मा पर्ने कालापात्ला गाउँमा प्रत्येक घरमा मौरी पालन गरिएको छ। २० घरको बसाइरहेको उक्त गाउँमा ३५ घारभन्दा बढी माहुरी पालन गरिएको छ। उक्त गाउँमा केही घरमा ७ माहुरीका घार रहेका छन् भने ,केही घरमा १ घार रहेका छन् । केहीले पुराना काठका मुडामा खोक्रो बनाएर पुरानै शैलीमा पनि माहुरी पालन गरेका छन् ।केही आधुनिक घारमा माहुरी पालन गरेका छन् ।सरकारले घारमा ५०प्रतिशत अनुदान दिएको भए तापनि उक्त गाउँका अधिकांश कृषकहरुले आफ्नै लगानीमा माहुरी पालन गरिरहेका छन् । माहुरी पालन व्यावसायिक पेशा बन्न सक्ने उक्त गाउँका एक कृषक बाबुराम ज्ञवालीले बताउँछन्। सञ्चारपत्रसँगको कुराकानीमा उनले कृषि पेशामा अन्य बाली उब्जाउने र बढी उत्पादन गरी बिक्री गर्न सक्ने भएतापनि जंगली बाँदर ,बदेल ,मृग ,दुम्सी ,कालिज ,खरायो जस्ता जंगली जनावर तथा पन्छीले नोक्सा...
बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला,  सबै तयारी पूरा

बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला,  सबै तयारी पूरा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ गर्न लागिएको हो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिव्य संघ रुपन्देहीले सोमबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बटुवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोज...
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका हुन् । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा फर्किएको बताए ।  सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै गएको उल्लेख गर्दै उनले भने, “अर्थतन्त्रका सकारात्मक सूचकलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ ।” अ...
नेपाल पत्रकार महासंघको चुनावी मत परिणाम कस्ले कति मत पाए

नेपाल पत्रकार महासंघको चुनावी मत परिणाम कस्ले कति मत पाए

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् ।बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए ।त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन् ।विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए ।खुल्ला सचिवमा रमेश...
पेट्रोलको मूल्य बढ्यो भने डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो भने डिजेल र मट्टितेलको घट्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने नेपाल आयल निगमले जनाएको छ । ...
सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय
बुटवल श्रीराम ज्ञवाली यातायातका साधनहरू हवाई यातायातदेखि सडक यातायातसम्म मानिसलाई अत्यन्त जरुरी छ। नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले जल यातायातको खासै चर्चा हुँदैन। हामीलाई नभई नहुने र जोखिम हुने यातायात हो।बढ्दो जनसङ्ख्या संगै बढ्दो विकास प्रविधिले यातायातका साधनहरू बढ्ने र नयाँ प्रविधियुक्त साधनहरू उपयोगमा आइरहेका छन्। सडक यातायातको समस्या विकराल छ। नेपालको तथ्याङ्क अनुसार प्रतिदिन ७ जनाको सडक दुर्घटनामा परी ज्यान जाने गरेको छ। यसको न्यूनीकरणका लागि सवारी साधनकाे इन्जिन राम्रो र गुणस्तरीय हुनुआवस्यक छ ।साथै पुराना र कन्डिसन राम्रो नभएका सवारी साधन गुडाउन रोक लगाउनु आवश्यक छ। चालकहरू पनि दक्ष हुनुपर्छ ,चालकले मदिरापान गरी सवारी साधन चलाउनु पनि प्रमुख समस्या देखिन्छ। त्यसैगरी हाम्रो अधिकांश भूभाग पहाडी हुनाले सडक निर्माण गर्न कठिन छ। निर्माण गरिएका सडकहरु फराकिला सवारी साधन ...
 एनपीएलमा आज दुई खेल हुँदै

 एनपीएलमा आज दुई खेल हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं   नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।  दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । ...
आज उधौली पर्व

आज उधौली पर्व

Breaking news 1, Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।  भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो...