राजश्व चुहावट रोक्न गृहमन्त्रीको निर्देशन


बुटवल

गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिएका छन् । उनले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिए । ‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छ’ गृहमन्त्रीले भने –‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ उनले पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए । 

गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताए। उनले शान्ति सुरक्षा खलबलिनेवितिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै  शान्तिसुरक्षा रहेको बताए । उनले संविधानको सहि कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे । गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास रसमृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको बताए ।
 
लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने उनले बताए । उनले गोष्ठी विभिन्न प्रदेश हुँदै लुम्बिनीमा गरिएको बताउँदै परिणाममुखी बनाउन आग्रह गरे । गृहमन्त्री लेखकले सरकार फेरिने हल्ला अस्थिरताका कारक भएकोले यस्ता गलत हल्लाका पछि नलाग्न आग्रह गरे । उनले यो गठबन्धन स्थायित्व र शुसासनका लागि भएकोले ०८४ सम्म कायम रहने विषयमा कुनै भ्रम नरहेको बताए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री आदेशकुमार अग्रवाल,  नेपाल प्रहरीका प्रहरी प्रुमख वसन्त कुँवरसहित लुम्बिनी प्रदेका १२ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ । गोष्ठीमा सीमासुरक्षा, राजस्व चुहावट, प्रदेशको सुरक्षा चुनौतीका विषयमा छलफल गरिने गृहमन्त्रालयका सहसचिव आनन्द काफ्लेले बताए ।

छुटाउनुभयो कि ?

फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

काठमाडौँसामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा...
मौसम पूर्वानुमान: देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

मौसम पूर्वानुमान: देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङलुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भार...
पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...