सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?


बुटवल

श्रीराम ज्ञवाली

यातायातका साधनहरू हवाई यातायातदेखि सडक यातायातसम्म मानिसलाई अत्यन्त जरुरी छ। नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले जल यातायातको खासै चर्चा हुँदैन। हामीलाई नभई नहुने र जोखिम हुने यातायात हो।बढ्दो जनसङ्ख्या संगै बढ्दो विकास प्रविधिले यातायातका साधनहरू बढ्ने र नयाँ प्रविधियुक्त साधनहरू उपयोगमा आइरहेका छन्। सडक यातायातको समस्या विकराल छ।

नेपालको तथ्याङ्क अनुसार प्रतिदिन ७ जनाको सडक दुर्घटनामा परी ज्यान जाने गरेको छ। यसको न्यूनीकरणका लागि सवारी साधनकाे इन्जिन राम्रो र गुणस्तरीय हुनुआवस्यक छ ।साथै पुराना र कन्डिसन राम्रो नभएका सवारी साधन गुडाउन रोक लगाउनु आवश्यक छ। चालकहरू पनि दक्ष हुनुपर्छ ,चालकले मदिरापान गरी सवारी साधन चलाउनु पनि प्रमुख समस्या देखिन्छ। त्यसैगरी हाम्रो अधिकांश भूभाग पहाडी हुनाले सडक निर्माण गर्न कठिन छ। निर्माण गरिएका सडकहरु फराकिला सवारी साधन सहजै ओहोरदोहोर गर्न नसक्ने अवस्था छ ।

बनेका सडकहरूमा पनि घुम्तीहरू अत्याधिक बनाउनुपर्ने हुनाले मोडमा अत्याधिक गाडी दुर्घटना हुने समस्या छ। मौसम प्रतिकूल हुँदा यात्रा गर्नु हुँदैन। बनेका सडकहरु पनि कमिसनको चक्करमा कम गुणस्तरीय निर्माण भएको देखिन्छ ।सडकमा गुड्ने बस ,ट्रक ,ट्याक्टर ,मोटरसाइकल ,स्कुटर ,साइकल सबै सवारी साधनको कन्डिसन राम्रो हुनुपर्छ , सडक गुणस्तरीय हुनुपर्छ।

चालकले ट्राफिक नियमको पालना गर्नुपर्छ। चालकले मदिरापान गरेर सवारी चलाउनु हुँदैन। त्यसैगरी पैदल यात्रीहरूले पनि सडकमा आवतजावत गर्दा ट्राफिक नियमको पालना गर्नुपर्छ। यसरी सडक निर्माणदेखि सवारी साधनको अवस्था ,चालकको सावधानी ,पैदल यात्रीको संयमता जस्ता विषयहरूमा गम्भीर भएमा सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।

हवाई यातायातको नेपालको सन्दर्भ भन्नुपर्दा २०८१ श्रावणसम्म ६१ हवाई दुर्घटना भएका छन् ,भने ९२५ जनाको ज्यान गएको छ। यसको कारणहरूमा अधिकांस पहाड -हिमाल भूबनोट हाे। समतल भूभागको उडान गर्दा लेबलमा हवाई उड्न र अवतरण गर्न सहज हुन्छ। पहाडी र हिमाली भूभागमा उडानमा समस्या हुन्छ।

अर्कोतर्फ मौसम समय-समयमा प्रतिकुल देखा परिरहन्छ। बादल ,कुहिरो ,तुवालोले पनि ठूलो असर गर्छ। हाम्रो विकासन्मुख मुलुक भएकोले पहाडी धरातल सुविधा सम्पन्न हवाई मैदान एयरपोर्ट नहुनु पनि ठूलो कारण रहेको छ। यसैगरी हवाई खरिद गर्दा कम मूल्यका खरिद गर्नुपर्ने जसको कन्डिसन पूर्णरुपमा राम्रो नहुनु ,अर्कोतर्फ हाम्रो नेपालमा घुसपैठ ,भ्रष्टाचार जस्ता कारणले सुशासनमा देखिएको कमीले हवाई यातायात न्यून गुणस्तरको भएपनि कमिसनको चक्करमा खरिद गर्ने प्रवृत्ति भएको पनि देखिन्छ। यी समस्या समाधानका लागि हवाइ चालकहरू पनि त्यत्तिकै दक्ष र संयमित हुनु आवश्यक छ।

छुटाउनुभयो कि ?

गुरु पूर्णिमा र यसको महत्व

गुरु पूर्णिमा र यसको महत्व

बुटवल विषेशत: अषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट ...
संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

काठमाडौँप्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै ...
प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

बुटवलसुनसरीको देवानगञ्ज घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा संयमता अपनाउन आग्रह गरेका छन् । उनले मंगलबार मध्यरात...
लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...