पिडामा मलम लगाउदै जीवन बिमा
गंगु कुँवर मगर / गुल्मीउहाको नाम हिमा रेश्मी हो , उहाँ छोरा र पतिको निधनबाट ठूलो शोकमा हुनुहुन्छ । गुल्मीदरबार -१, बलिथुम (साविक वडा नं.-९)माइडाडा निवासी उहाँले छोरा र पतिलाई ६ महिनाको फरकमा गुमाउनु पर्यो । त्यो शोक त छदैंछ आफू माथि आएको घर ब्याबहारले समेत थप समस्यामा पार्यो । त्यही समस्यालाई समाधान गर्न भने उहाँलाई अहिले जीवन विमाले ठूलो सहयोग गरेको छ । कागजी प्रक्रियापछि छोरा योगेन्द्र रेस्मीको बिमा रकम पाए पछि अहिले उहाँलाई राहत मिलेको हो । त्यही जीवन विमाबाट पाएको रकमबाट बाबा छोराको किरिया खर्चको ॠण तिर्दैछु , घर व्यवहार चलाउँदै छु , उहाँले भन्नुभयो ।स्कुल पढ्न छाडेपछि बाबासँग भारत गएर रोजगारी गरि कमाउदै आफ्नो हातमा पैसा राखिदिने छोराले अब आफूलाई बुहारी ल्याइदिएर सहयोग पाउने आशामा बस्नुभएका उहाँ अचानक गत बैशाख ३० गते २५ वर्षको उमेरमा छोरा योगेन्द्र रेश्मीको निधन भए पछि उहाँमा ठू...








