
बुटवल
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।नेपाल आयल निगमले आज बुधवार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।
त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको मंगलबार निगमले विज्ञप्तिमार्फत जनाएको छ ।अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँमा ९६०, भैरहवामा ७९३ र भैरहवामा ७७८ अमेरिकी डलर कायम गरिएको छ ।
