बुटवलमा मदन भण्डारी  गाेल्डकप भलिवलकाे तयारी पूरा: उदघाटन  प्रधानमन्त्रीले गर्नुहुने


बुटवल

  मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप – २०८१ आयोजना हुँदैछ । यही पौष १७ गतेदेखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उदघाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समुहले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्धितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैया नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...