दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना २८ जनाको मृत्यु


दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना भएको छ।आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एयरको जहाज दुर्घटना भएको हो।  

जहाज थाइल्याण्डको बैंककबाट आएको थियो। मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किन गई दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए। 

दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

अधिकारीहरूले ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्। उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

छुटाउनुभयो कि ?

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...
भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

काठमाडौँगत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका छन् । राष्ट्र...
शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...