दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना २८ जनाको मृत्यु


दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना भएको छ।आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एयरको जहाज दुर्घटना भएको हो।  

जहाज थाइल्याण्डको बैंककबाट आएको थियो। मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किन गई दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए। 

दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

अधिकारीहरूले ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्। उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...