फ्लडलाइट जडान गरिएको पहिलो क्रिकेट मैदान एक्स्ट्राटेकमा के हुंदैछ ?
रुपन्देही
रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम निर्माणधीन छ। विनोद कुँवर र उनकी पत्नी सुदिक्षाले ५० करोड लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्।उनीहरू आफैले खरिद गरेको पाँच बिघा जमिनमा २०८० साल जेठ २९ गते क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए।
अहिले पाँच वटा फ्लड लाईट जडान गरी परिक्षण भइरहेको छ। योसँगै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम फ्लडलाइट जडान गरिएको नेपालको पहिलो क्रिकेट मैदान बन्न पुगेको छ।क्रिकेट खेल्न मिल्ने गरी तयार गरिएको रंगशालाको उद्घाटन भने २०८० फागुन २८ गते नै लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी गरिएको थियो।
रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भइरहेका छन्।अहिले भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स सहितका चाररचार तलाका २ वटा भवन बनिरहेका छन्।
कुँवरका अनुसार ती भवनको च...







