आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनुहुन्न : अध्यक्ष बस्नेत


काठमाडौं

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए, नभएको तर्फ गम्भीर हुन सबैलाई सुझाव दिनुभएको छ ।

आइतवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट नागरिकका संविधानले सुनिश्चित गरेका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाउनुभयो ।
‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ । आफ्नो हक प्रयोगले अरु मानिसको अधिकारलाई हनन् गर्नु हुँदैन । तर, पछिल्ला दिनहरुमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुल्चिने गरी अफवाह फैलाउने काम भएका छन् । सञ्चारमाध्यमहरुले यसतर्फ चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो ।

नयाँ खुलेका अनलाइन र युट्युव च्यानलहरुलाई अभिमुखिकरण दिने क्रममा उहाँले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भिन्नता छुट्याएर सञ्चारकर्मीले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल मात्र चलाउने डिजिटल प्लेटफर्म र सञ्चारमाध्यममा प्रष्ट फरक गराउन सके यसको नियमनमा समेत सहज हुने उहाँको सुझाव थियो ।

विषयविज्ञका रुपमा सहभागी अन्नपूर्ण पोष्ट दैनिकका समाचार सम्पादक नरेन्द्र साउद र नेपाल टेलिभिजनका वरिष्ठ सम्पादक शालिक सुवेदीले सामाजिक सञ्जाल प्रयोग गर्ने सञ्चारमाध्यमले आचारसंहिताको पालना गर्नु जरुरी भएको बताउनुभयो ।

साउदले प्रेस काउन्सिलबाट हुने यस्ता अभिमुखिकरण कार्यक्रमलाई जिल्लाब्यापी बनाउन सुझाव दिनुभयो । उहाँले पत्रकारले के गर्न हुने, के नहुनेबारे सहजीकरण गर्नुभएको थियो भने पत्रकार सुवेदीले विभिन्न सञ्चार निर्देशिकाबारे प्रष्ट पार्नुभएको थियो ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...