आफ्नो हक प्रयोग गर्दा अरुको अधिकार खोसिनुहुन्न : अध्यक्ष बस्नेत


काठमाडौं

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए, नभएको तर्फ गम्भीर हुन सबैलाई सुझाव दिनुभएको छ ।

आइतवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट नागरिकका संविधानले सुनिश्चित गरेका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाउनुभयो ।
‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ । आफ्नो हक प्रयोगले अरु मानिसको अधिकारलाई हनन् गर्नु हुँदैन । तर, पछिल्ला दिनहरुमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुल्चिने गरी अफवाह फैलाउने काम भएका छन् । सञ्चारमाध्यमहरुले यसतर्फ चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो ।

नयाँ खुलेका अनलाइन र युट्युव च्यानलहरुलाई अभिमुखिकरण दिने क्रममा उहाँले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भिन्नता छुट्याएर सञ्चारकर्मीले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल मात्र चलाउने डिजिटल प्लेटफर्म र सञ्चारमाध्यममा प्रष्ट फरक गराउन सके यसको नियमनमा समेत सहज हुने उहाँको सुझाव थियो ।

विषयविज्ञका रुपमा सहभागी अन्नपूर्ण पोष्ट दैनिकका समाचार सम्पादक नरेन्द्र साउद र नेपाल टेलिभिजनका वरिष्ठ सम्पादक शालिक सुवेदीले सामाजिक सञ्जाल प्रयोग गर्ने सञ्चारमाध्यमले आचारसंहिताको पालना गर्नु जरुरी भएको बताउनुभयो ।

साउदले प्रेस काउन्सिलबाट हुने यस्ता अभिमुखिकरण कार्यक्रमलाई जिल्लाब्यापी बनाउन सुझाव दिनुभयो । उहाँले पत्रकारले के गर्न हुने, के नहुनेबारे सहजीकरण गर्नुभएको थियो भने पत्रकार सुवेदीले विभिन्न सञ्चार निर्देशिकाबारे प्रष्ट पार्नुभएको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...