Author: संचार पत्र

होली खेल्दा उत्पन्न विवाद‍ले १४ घन्टा तनावग्रस्त बनेको जयन्दु बाल सुधार गृह

होली खेल्दा उत्पन्न विवाद‍ले १४ घन्टा तनावग्रस्त बनेको जयन्दु बाल सुधार गृह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
शुक्रबार रातिदेखि तनावग्रस्त बनेको बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयेन्दु बालसुधार गृहको स्थिति १४ घण्टापछि स्थानीय प्रशासनको नियन्त्रणमा आएको छ।शुक्रबार दिउँसो होली खेल्ने क्रममा दुई समूहबीच भएको विवाद बढ्दै जाँदा सुधार गृहमा रहेका बालकहरू दुई समूह बनेर कुटाकुट र हानाहान गरेका थिए। दिउँसोदेखि सामान्य विवाद बढ्दै जाँदा राति झडप भएको थियो। रातिदेखि सुरु भएको झडप नियन्त्रण गर्न नसक्दा शनिबार बालसुधार गृहमै आगजनी भएको थियो।बांकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार दिउँसो २ बजे  बालसुधार गृहको तनावपूर्ण अवस्था प्रशासनको नियन्त्रणमा आइसकेको बताए। ‘हामीले लामो प्रयासपछि बालसुधार गृहमा भएको तनावग्रस्त परिस्थिती नियन्त्रणमा लिएका छौं, सबै बालकहरू  प्रशासनको सम्पर्कमा छन्,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने।प्रजिअ जोशीका अनुसार शुक्रबार राति भएको आपसी झडपमा ४९ जना बालक...
जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन

जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्‌गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका लागि अध्ययन टोली जुम्लाको सिंजामा पुगेको छ ।  पुरातत्व विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको छ । सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो । विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिंजा उपत्यकामा पुगेको हो । टोलीले सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामै पुगेर सिंजा सभ्यताको बारेमा छलफल चलाएको थियो । महानिर्देशक प्रधानाङ्गले सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा समेट्ने आधार तयारीका लागि अध्ययन गर्न जुम्ला पुगेको बताए । उनका अनुसार सिंजा गाउँपालिकाको पहलमा टोली जुम्ला आइपुगेको हो । महानिर्देशक ...
बुटवल बहुमुखीसहित त्रिविका ११ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढेन

बुटवल बहुमुखीसहित त्रिविका ११ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढेन

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, समाज
बुटवल त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थी संगठनबीच विवाद हुँदा ११ वटा आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। विद्यार्थी संगठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए ।    निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आंगिक क्याम्पसमध्ये उपत्यकामा ६ र उपत्यका बाहिर पाँच वटा आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो । उपत्यकाका नेपाल ल क्याम्पस, शंकर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र उपत्यका बाहिर महेन्द्रनग...
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुनै तयारी छैन: उपप्रधानमन्त्री सिंह

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुनै तयारी छैन: उपप्रधानमन्त्री सिंह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे। यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको उनको भनाई छ। ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो। अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारेका हुन्। अहिले सरकारका विरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बु...
आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको तयारी

आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तयारी थालेको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । आगामी आवको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेको अर्थ मन्त्रालयले जनाएको छ । सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको जनाएको छ । अर्थले कोरेको प्रारम्भिक खाका अनुसार अनौपचारिक क्षेत्रका आर्थिक गतिविधि औपचारिकीकरण गर्न अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै लैजाने कार्यक्रम प्रस्ताव गर्ने जनाइएको छ । जसअनुसार अनौपचारिक अर्थतन्त्र औपचारिकीकरण गर्ने सम्बन्धमा विस्तृत अध्ययन गर्ने उल्लेख छ । अर्थ मन्त्रालयले एक वर्षभित्र नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने गरी कार्यविधि तर्जुमा ...
रूपन्देहीको बुटवलमा होलीको रौनक 

रूपन्देहीको बुटवलमा होलीको रौनक 

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व शुक्रबार तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइएको छ।बिहीबार पहाडी जिल्लाहरूमा मनाइएको होली पर्व शुक्रबार तराईका जिल्लाहरूमा मनाइएको हो।  आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागू पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ। होलीको अवसरमा विविध रङ लगाई बाजागाजाका साथ नाचगान गरी रमाइलो गर्ने प्रचलन छ। रूपन्देहीको बुटवलमा खुसीयालीका साथ होली पर्व मनाइएको छ।  बुटवलका विभिन्न संघसंस्थाहरूले होलीको अवसरमा एक आपसमा रङ लगाएर शुभकामना आदानप्रदान गरेका छन्। नेपाल पत्रकार महासंघ रूपन्देहीले सामूहिक रूपमा होली पर्व मनाएको छ। पत्रकार महासंघ रूपन्देहीले विगतका वर्षहरू जस्तै यस वर्ष पनि सामूहिक रूपमा होली पर्व मनाएको महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। पत्रकार, राजनीतिक दलका नेता त...
प्रेम, भात्तृत्व,एकता र सहिष्णुताको पर्व होली

प्रेम, भात्तृत्व,एकता र सहिष्णुताको पर्व होली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
हिन्दु धर्मालम्विहरुको महत्वपूर्ण चाड मध्ये हेली पनि एक हो । फाल्गुण पूर्णिमाको दिन मनाइने यो पर्व विजय र प्रेमको प्रतिकको रुपमा मनाइने गरिन्छ । यो पर्व हिन्दु धर्मका अतिरिक्त बौद्द,इसाइ र मुस्लिम समुदायमा समेत सांस्कृतिक सौहार्दता र उल्लासका साथ मनाउने गरिन्छ । नेपालको पहाडी भु भागमा फागुन पूर्णिमाको दिन र तराइ क्षेत्रमा पूर्णिमाको अर्को दिन रङ्गहरु साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । नेपाल,भारत,भुटान,पाकिस्तान,श्रीलङ्का,मौरिसस फिजी,ट्रिनिडाड एण्ड टोवागो,अमेरिका,क्यानडा,अष्ट्रेलिया र बेलायत सम्मका आप्रवासी हिन्दु समुदायले सांस्कृतिक उत्सवका रुपमा होली पर्वलाई मनाउने प्रचलन रहेको छ । होलीको ऐतिहासिक महत्वः होलीको ऐतिहासिक पृष्ठभूमि खोज्दै जाँदा हिरण्यकश्यपु र भगवान विष्णुको युद्द प्रसङ्गको चर्चा गर्नुपर्ने हुन्छ । बाबु कश्यप ऋषी र आमा दीतीका सन्तानका रुपमा हिरण्यकश्यपु र हिरण्याक...
फ्रि भिसा र डिपेन्डेन्ट भिसाको प्रलोभन नदिन कन्सल्टेन्सीहरूलाई मन्त्रालयकाे निर्देशन

फ्रि भिसा र डिपेन्डेन्ट भिसाको प्रलोभन नदिन कन्सल्टेन्सीहरूलाई मन्त्रालयकाे निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराउने लगायतका प्रलोभन नदिन शैक्षिक परामर्शदातृ निकायलाई निर्देशन दिएको छ । अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि मन्त्रालयले चेतावनी दिएको छ । परामर्शदातृ निकायहरूले सेवाग्राहीलाई प्रलोभन दिने गरेको गुनासो आएपछि मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको हो ।मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्न कन्सल्टेन्सीहरूलाई निर्देशन दिएको छ । वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्शसम्बन्धी सेवा लिन सेवाग्राहीलाई मन्त्रालयले आग्रह गरेको छ । ‘कुनै पनि संस्था कानुन सम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानक...
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गरे। भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्राबास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदानप्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने सरकारले निर...
न्यून ‘भिजिबिलिटी’का कारण एक हप्तादेखि उडान प्रभावित

न्यून ‘भिजिबिलिटी’का कारण एक हप्तादेखि उडान प्रभावित

Breaking news 2, ताजा अपडेट, बिज्ञान प्रबिधि, माैसम, समाचार
काठमाडौँ एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट ग¥यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।  “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेख...