जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन


 तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्‌गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका लागि अध्ययन टोली जुम्लाको सिंजामा पुगेको छ । 

पुरातत्व विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको छ । सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो ।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिंजा उपत्यकामा पुगेको हो । टोलीले सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामै पुगेर सिंजा सभ्यताको बारेमा छलफल चलाएको थियो ।

महानिर्देशक प्रधानाङ्गले सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा समेट्ने आधार तयारीका लागि अध्ययन गर्न जुम्ला पुगेको बताए । उनका अनुसार सिंजा गाउँपालिकाको पहलमा टोली जुम्ला आइपुगेको हो ।

महानिर्देशक प्रधानाङ्गले भने,‘सिंजालाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सबै एक भएको देखिन्छ । तर आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ । पुरातत्व विभागले देशका १५ वटा नयाँ क्षेत्र विश्व सम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ ।’

जसमा कर्णाली प्रदेशका सिंजा सभ्यता र दुल्लुका २२ देवल पनि रहेको उनको भनाइ छ । ‘विभागले सिंजालाई विश्व सम्पदा सूचीमा समेट्न काम अघि बढाइसकेको छ, तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले परम्परागत संस्कृतिको चिन्ह नै भेट्टाउन मुस्किल परिरहेको छ,’ उनले भने ।

सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले सिंजालाई विश्व सम्पदा सूचीमा राख्न पटकपटक विभागमा पहल भएको बताए । उनले भने, ‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो । विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ ।’

सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला पुरातत्व विभागले देखाएको चासोप्रति सिंजाबासी उत्साहित छन् ।

झन्डै १२ औं शताब्दीमा सिंजामा तिब्बती मूलका राजा नागराजले खस साम्राज्यको शासन सुरु गरेको बताइन्छ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...