जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन


 तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्‌गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका लागि अध्ययन टोली जुम्लाको सिंजामा पुगेको छ । 

पुरातत्व विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको छ । सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो ।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिंजा उपत्यकामा पुगेको हो । टोलीले सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामै पुगेर सिंजा सभ्यताको बारेमा छलफल चलाएको थियो ।

महानिर्देशक प्रधानाङ्गले सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा समेट्ने आधार तयारीका लागि अध्ययन गर्न जुम्ला पुगेको बताए । उनका अनुसार सिंजा गाउँपालिकाको पहलमा टोली जुम्ला आइपुगेको हो ।

महानिर्देशक प्रधानाङ्गले भने,‘सिंजालाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सबै एक भएको देखिन्छ । तर आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ । पुरातत्व विभागले देशका १५ वटा नयाँ क्षेत्र विश्व सम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ ।’

जसमा कर्णाली प्रदेशका सिंजा सभ्यता र दुल्लुका २२ देवल पनि रहेको उनको भनाइ छ । ‘विभागले सिंजालाई विश्व सम्पदा सूचीमा समेट्न काम अघि बढाइसकेको छ, तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले परम्परागत संस्कृतिको चिन्ह नै भेट्टाउन मुस्किल परिरहेको छ,’ उनले भने ।

सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले सिंजालाई विश्व सम्पदा सूचीमा राख्न पटकपटक विभागमा पहल भएको बताए । उनले भने, ‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो । विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ ।’

सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला पुरातत्व विभागले देखाएको चासोप्रति सिंजाबासी उत्साहित छन् ।

झन्डै १२ औं शताब्दीमा सिंजामा तिब्बती मूलका राजा नागराजले खस साम्राज्यको शासन सुरु गरेको बताइन्छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...