पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुनै तयारी छैन: उपप्रधानमन्त्री सिंह


काठमाडौं

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको उनको भनाई छ।

०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो। अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारेका हुन्।

अहिले सरकारका विरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्न आग्रह गरे।

उनले भने, ‘हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्छ। त्यसमा हामीले सचेत हुनुपर्छ। जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको हो। कसैले किस्तीमा राखेर दिएको होइन। प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको छ।’

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले आउँदा चुनौती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्‍यो। यो गुट त्यो गुट होइन एकताबद्ध बलियो कांग्रेस बनाउन लागौँ। कांग्रेसको मूल चुनौती नै पार्टी व्यवस्थापन हो। पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौँ ।’

छुटाउनुभयो कि ?

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...
बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

काठमाडौँबल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले ...
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकह...
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

काठमाण्डौ - आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन...