रूपन्देहीको बुटवलमा होलीको रौनक 


बुटवल

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व शुक्रबार तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइएको छ।बिहीबार पहाडी जिल्लाहरूमा मनाइएको होली पर्व शुक्रबार तराईका जिल्लाहरूमा मनाइएको हो। 

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागू पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ। होलीको अवसरमा विविध रङ लगाई बाजागाजाका साथ नाचगान गरी रमाइलो गर्ने प्रचलन छ। रूपन्देहीको बुटवलमा खुसीयालीका साथ होली पर्व मनाइएको छ। 

बुटवलका विभिन्न संघसंस्थाहरूले होलीको अवसरमा एक आपसमा रङ लगाएर शुभकामना आदानप्रदान गरेका छन्।

नेपाल पत्रकार महासंघ रूपन्देहीले सामूहिक रूपमा होली पर्व मनाएको छ। पत्रकार महासंघ रूपन्देहीले विगतका वर्षहरू जस्तै यस वर्ष पनि सामूहिक रूपमा होली पर्व मनाएको महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए।

पत्रकार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागितामा होली पर्व मनाएको छ।
कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले होली पर्वले सहकार्य, सद्भाव र समन्वयको विकास गरोस् भन्ने शुभकामना व्यक्त गरे।उनीहरूले पत्रकारिताको गरिमा र मर्मलाई जोगाउँदै सत्यतथ्य र निष्पक्ष रूपमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले होलीलाई व्यवस्थित र मर्यादित बनाउने सुरक्षा निकाय खटिएको भन्दै जिल्लामा शान्ति सुरक्षा कायम गराउने काममा संचार क्षेत्र, नागरिक समाज र सामाजिक संघसंस्थाहरूको सहयोग आवश्यक रहेको बताए। 

रूपन्देही प्रहरीले होली पर्व लक्षित गरेर व्यापक रूपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। विशेषगरी चाडपर्वको बहानामा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न ११ प्रकारका ड्युटीमा ८ सय ८० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले आमनागरिकको सुरक्षा र गैरकानूनी गतिविधि रोक्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहेको जानकारी दिए। 

प्रहरीले रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, ट्राफिकसहितको चेकिङ, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ परिचालन गरिएको जनाएको छ।

जबरजस्ती रङ दल्ने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ।

रूपन्देहीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको कार्कीले जानकारी दिए।त्यस्तै, नियम विपरीत सवारी साधन चलाएको पाइए नियन्त्रणका लागि जिल्लाका विभिन्न २६ ठाउँमा चेकिङ गरिएको छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...