प्रेम, भात्तृत्व,एकता र सहिष्णुताको पर्व होली


हिन्दु धर्मालम्विहरुको महत्वपूर्ण चाड मध्ये हेली पनि एक हो । फाल्गुण पूर्णिमाको दिन मनाइने यो पर्व विजय र प्रेमको प्रतिकको रुपमा मनाइने गरिन्छ । यो पर्व हिन्दु धर्मका अतिरिक्त बौद्द,इसाइ र मुस्लिम समुदायमा समेत सांस्कृतिक सौहार्दता र उल्लासका साथ मनाउने गरिन्छ । नेपालको पहाडी भु भागमा फागुन पूर्णिमाको दिन र तराइ क्षेत्रमा पूर्णिमाको अर्को दिन रङ्गहरु साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । नेपाल,भारत,भुटान,पाकिस्तान,श्रीलङ्का,मौरिसस फिजी,ट्रिनिडाड एण्ड टोवागो,अमेरिका,क्यानडा,अष्ट्रेलिया र बेलायत सम्मका आप्रवासी हिन्दु समुदायले सांस्कृतिक उत्सवका रुपमा होली पर्वलाई मनाउने प्रचलन रहेको छ ।

होलीको ऐतिहासिक महत्वः होलीको ऐतिहासिक पृष्ठभूमि खोज्दै जाँदा हिरण्यकश्यपु र भगवान विष्णुको युद्द प्रसङ्गको चर्चा गर्नुपर्ने हुन्छ । बाबु कश्यप ऋषी र आमा दीतीका सन्तानका रुपमा हिरण्यकश्यपु र हिरण्याक्षको जन्म भएको थियो । ऋषीकुलमा जन्म भएता पनि उनीहरु दैत्यको रुप धारण गरेका थिए । हिरण्याक्षले भगवान ब्रह्माको तपस्या गरेर निकै शक्तिशाली र बलशाली हुने बरदान पाएका थिए । त्यही शक्तिशाली र बलशालीको अहंकारले गर्दा देवता तथा ऋषीहरुलाई सताउने,पृथ्वीलाई समुद्रमा डुवाएर पातललोकमा लगिदिएर सम्पूर्ण संसारमा असन्तुलन ल्याएपछि भगवान विष्णुले बराह अवतार लिएर पृथ्वीलाई समुद्रवाट उठाए अनि हिरण्याक्ष संग हजारौँ वर्षसम्म भयाङ्कर युद्द गरे । अनि विष्णुले हिरण्याक्षलाई मारिदिए । पृथ्वीको उद्दार गरे । हिरण्याक्षको अधर्म र अत्याचार रोकी सत्य र न्यायको स्थापना गरे  ।

आफ्नो भाई हिरण्याक्षको मृत्युपछि हिरण्यकश्यपुमा भगवान विष्णु प्रति गहीरो  घृणा र बैरभाव पैदा भयो । उनलेपनि भगवान वर्माको कठोर तपस्या गरे । उनको तपस्यावाट भगवान वर्माले के वर माग्छौ माग भन्दा यस लोकमा कुनैपनि प्राणी, शस्त्रअस्त्र,र कोही कसैवाट पनि मर्न नसक्ने बरदान पाए । त्यसपछि उनी अत्यन्तै अहंकारी र घमण्डी वन्दै गए उनले आफ्नो राज्यमा भगवान विष्णुको पुजा गर्न निषेध गर्दै गए । र आफूलाई नै भगवान घोषणा गरे ।

हिरण्यकश्यपुका छोरा प्रह्लाद भने भगवन विष्णुका परम भक्त थिए । उनले भगवान विष्णुको उपसना गर्ने गर्दथे । हिरण्यकश्यपुले आफ्नो छोरा प्रह्लादलाई भगवान विष्णुको भक्ति त्याग्न पटक पटक आग्रह गर्दा पनि बुवाको आदेशको अवज्ञा गर्दै विष्णु भगवानको भक्ति त्यागेनन । जुन कारणले प्रह्लादलाई भगवान विष्णुको संरक्षण प्राप्त भयो । अनेकन प्रयास गर्दा समेत प्रह्लादले भगवान विष्णुको भक्ति नत्यागेपछि  हिरण्यकश्यपुले आफ्नी वहिनी होलिकालाई बोलाएर प्रह्लादलाई आगोमा जलाउने योजना बनाए । होलिका आफूलाई आगोमा जलाउन बाट बचाउने बस्त्र लगाएर प्रह्लादलाई काखमा लिएर आगोमा बसीन् । तर भगवान विष्णुका शक्तिको प्रभावले उक्त बस्त्रले प्रह्लादलाई ढाक्यो अनि होलिका जलेर भष्म भइन् । र प्रह्लाद बाँच्न सफल भए । यतिगर्दा पनि प्रह्लादलाई मार्न नसकेपछि हिरण्यकश्यपुले प्रह्लादलाई सोधे तिमीले विश्वास गर्ने भगवान कहाँ छन् । प्रह्लादले जवाफ दिएछन् । उनी हरेक ठाउँमा छन् त्यसपछि हिरण्यकश्यपुले खम्वामा घुसेर सोधेछन् के तेरो भगवान यसमा पनि छन ? त्यही वेला भगवान विष्णुले नरसिंह अवतार लिएर संध्या वेलामा दरवारको ओसारोमा घुँडामुनी राखेर नङले चिरेर नाश गरिदिए । हिरण्य कश्यपुको घमण्डको अन्त्य भयो र भक्त प्रह्लादलाइ राजा बनाइदिए । धर्मको पुनस्थापना भयो यही प्रसङ्गवाट विजय उत्सवको रुपमा साथै अधर्मको हार धर्मको जित र सच्चा भक्ति कहिल्यै हार्दैन भन्ने शिक्षा र मान्यतावाट होली पर्व मनाउने प्रचलनको शुरुवात भएको मानिन्छ ।

होली पर्वसंग भगवान श्रीकृष्ण र राधाको प्रसंग पनि जोडिएर आएको मानिन्छ । भगवान श्रीकृष्ण वाल्यकालमा अत्यन्तै चन्चल स्वाभावका थिए । उनी राधा तथा अन्य गोपिनीहरुसँग रमाइलो गर्ने रङ खेल्ने गर्दथे उनलाइ राधाको गहुँगोरो रङ मन परेको कुरा यशोधारासँग बताए । यशोधाराले भगवान कृष्णलाई राधामाथि रङ छ्याप्न सुझाव दिएको प्रसङ्गवाट प्रेरित भएर होलिमा रङ खेल्ने प्रचलनको शुरुवात भएको मानिन्छ । यही पौराणिक मान्यतालाई अनुसरण गर्दै श्रीकृष्णको नगरी बृन्दावन,मथुरा र बनारसमा समेत धुमधामका साथ होली मनाउने गरिन्छ । होलीमा विशेष गरेर साँझपख खुला स्थानमा दाउरा घाँस,फुल जम्मा गरी होलीका दहन गर्ने प्रचलन रहेको छ ।

अन्धकार,दुष्टता,घमण्ड,इर्ष्या र पापको अन्त्यको प्रतिकको रुपमा यसरी दहन गर्ने गरिएको हो । “यो पर्व विशेष गरी विभिन्न जाति वर्ग धर्म लिङ्गका मानिसहरुलाई एकैठाउँमा ल्याउने मानिसको मनवाट रिस घृर्णा र तनाव हटाएर खुशी आत्मीयता वढाउने धर्म सत्य प्रेम मेलमिलाप सहिष्णुता र एकताको पाठ सिकाई बैरभाव हटाउने र भाइचारा बढाउने बसुदैव कुटुम्वकम को मान्यतालाई आत्मसाथ गर्दछ”  यस पर्वमा मानिसहरु पुराना रिसराग वैमनस्यता मनमुटाव विर्सेर अङ्गालो हाल्छन र प्रेमका साथ एक अर्कामाथि रङ लगाउने र रङ साटासाट गर्ने गर्दछन ।साथै परिवारका मानिसहरु साथिसँगी एक ठाउँमा जम्मा हुने रङ खेल्ने मिठा मिठा परिकार खाने विभिन्न भाकामा गीत गाउने नाच्ने गरी मनाउने गरिन्छ । यो पर्वको दिन नेपाल सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

छुटाउनुभयो कि ?

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...
बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

काठमाडौँबल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले ...
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकह...
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

काठमाण्डौ - आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन...