Author: संचार पत्र

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको  ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा ९तामाङ० नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । ...
कार्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट खिमलाल भट्टराई एमालेको उम्मेदवार

कार्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट खिमलाल भट्टराई एमालेको उम्मेदवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
आगामी कार्तिक महिनामा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । ०७९ को निर्वाचनमा भट्टराई रुपन्देही क्षेत्र नम्बर-५ बाट उम्मेदवार बन्ने योजना अनुसार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा गरेपनि त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो ।  असार ६ गते निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त दुईस्थानसहित १८ स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । त्यसक्रममा निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन आगामी कात्तिक दोस्रो देखि तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दि...
लायन्स क्लब अफ बुटवल सिद्धार्थको छैठौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल सिद्धार्थको छैठौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवल समाजसेवा र भातृत्वको उद्देश्यले स्थापित लायन्स क्लब बुटवल सिद्धार्थको छैठाैं पद हस्तान्तरण कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ। इस्वि सम्वस्त् २०१९ मा समाजसेवा गर्ने उद्देश्यले स्थापित क्लबमा पाँच जना अध्यक्षहरूले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका छन्। राजु भारी २०२५ /२६ का लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुनु भएको छ। कार्यक्रममा अध्यक्ष मोहनविक्रम प्याठले नवनियुक्त अध्यक्ष राजु भारीलाई पद हस्तान्तरण गर्नु भएको छ। २०१९ /२१ का लागि संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, २०२१/२२ का लागि भोजराज पोखरेल २०२२ /२३का लागि ओम बहादुर थापा ,२०२३/२४ का लागि नारायण कुँवर, २०२४/२५ का लागि मोहनविक्रम प्याठले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ। भने २०२५ /२६ का लागि राजु भारी अध्यक्षमा निर्वाचित हुनु भएकाे छ। प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पुरुषोत्तमभक्...
एसीसी यु १६ क्रिकेट : जापानमाथि ९ विकेटले नेपालको सहज जित

एसीसी यु १६ क्रिकेट : जापानमाथि ९ विकेटले नेपालको सहज जित

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो । जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १/१ विकेटको योगदान दिए ।  नेपालका लागि श्रीनिवास बजगाँईले ४२ बल खेल्दै सर्वाधिक ३८ रन बनाए भने प्रसिद्ध जैशीले ३७ बलको मद्दतमा ३३ रन जोड्न सफल भए । ओपरन जोय थापा ७ बलमा १ रन जोडेर आउट भएका थिए । आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो । ...
भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई ९ कार्यादेश

भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई ९ कार्यादेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको छ । ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । उनका अनुसार समितिले तत्कालिन र दीर्घकालिन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ । अध्यागमनमा रहेको समस्या पहिचानदेखि नीतिगत सुधारसम्मका काम गर्ने गरी छानबिन समितिलाई ९ वटा कार्यादेश दिइएको गृहमन्त्री लेखकले प्...
भारत र चीनसँगको सीमा समस्या समाधान गर्न उच्चस्तरीय पहल जारी छ : परराष्ट्रमन्त्री राणा

भारत र चीनसँगको सीमा समस्या समाधान गर्न उच्चस्तरीय पहल जारी छ : परराष्ट्रमन्त्री राणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले स्थापित संयन्त्रहरूमार्फत पहल भइरहेको बताएकी हुन् ।  परराष्ट्र मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री राणाले उत्तर र दक्षिणतर्फको सीमा समस्या समाधान गर्न निरन्तर पहल भइरहेको बताइन् । उच्चस्तरीय संयन्त्रमार्फत सीमा समस्याको समाधान पहल भइरहेको उनको भनाइ थियो । 'सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको छ । साथै, यस विषयमा सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ,' उनले भनिन् । भारत र चीनतर्फको सी...
इरानका सर्वोच्च नेता खामेनी द्विविधामा: हर्मुजको जलमार्ग बन्द गर्ने कि नगर्ने ?

इरानका सर्वोच्च नेता खामेनी द्विविधामा: हर्मुजको जलमार्ग बन्द गर्ने कि नगर्ने ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
इरानी संसदले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। इरानी सांसद  इस्माइल कोवसारीले आइतबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको बताएका हुन्।  तर संसदले अनुमोदन गर्दैमा यो कार्यान्वयनमा जाँदैन। यसको अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय परिषद र यसका नेता आयतोल्लाह अलि खामेनीले गर्नुपर्छ। के खामेनीले यस्तो निर्णय गर्लान्? यो निर्णयले अमेरिकालाई  के असर गर्छ? हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनको स्वार्थ कसरी जोडिएको छ? इरान आफैलाई यसले के असर गर्छ?  हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो। तेल उत्पादन गर्ने थुप्रै खाडी मुलुकले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन्। साउदी...
बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन

बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, स्थानीय
बुटवल टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवलले मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सुरु गरेको छ। बुटवल ९ इटाभट्टीमा सञ्चालन भएको उक्त मेला यही असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालन भइरहेको छ। मेलामा जुनसुकै कम्पनीका पुराना स्कुटर तथा मोटरसाइकल एक्सचेन्ज गर्दा १० हजार थप मूल्याङ्कन रहेको छ। नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगदमा ८ हजार सम्म छुटको व्यवस्था रहेको छ। फाइनान्स मार्फत कारोबार गरेमा ब्याज लाग्दैन। टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटर चढ्ने उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको र चढ्न चाहने टिभिएस प्रेमीहरू मेलाबाट धेरै लाभान्वित हुने विश्वास रहेको बालाजी अटोमोबाइल्स बुटवलका सञ्चालक विशाल जयसवालले जानकारी दिनुभयो। एक्सचेञ्ज मेलामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हेल्मेट ,ब्याग ,बाइक कभर लगायतका एक्सेसरीहरु निःशुल्क उप...
पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष÷सार्वजनिक संस्थालाई हानि नोक्सानी पु¥याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ । मुद्दा दायर गरेकामा पशुपति क्षेत्र व...
मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, ग...