लायन्स क्लब अफ बुटवल सिद्धार्थको छैठौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न


बुटवल

समाजसेवा र भातृत्वको उद्देश्यले स्थापित लायन्स क्लब बुटवल सिद्धार्थको छैठाैं पद हस्तान्तरण कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ।

इस्वि सम्वस्त् २०१९ मा समाजसेवा गर्ने उद्देश्यले स्थापित क्लबमा पाँच जना अध्यक्षहरूले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका छन्। राजु भारी २०२५ /२६ का लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुनु भएको छ।

कार्यक्रममा अध्यक्ष मोहनविक्रम प्याठले नवनियुक्त अध्यक्ष राजु भारीलाई पद हस्तान्तरण गर्नु भएको छ।

२०१९ /२१ का लागि संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, २०२१/२२ का लागि भोजराज पोखरेल २०२२ /२३का लागि ओम बहादुर थापा ,२०२३/२४ का लागि नारायण कुँवर, २०२४/२५ का लागि मोहनविक्रम प्याठले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ। भने २०२५ /२६ का लागि राजु भारी अध्यक्षमा निर्वाचित हुनु भएकाे छ।

प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले क्लबले समाजसेवाका विभिन्न कार्यहरू शिक्षा, स्वास्थ्य ,वातावरणका लागि राम्रा कामहरु गर्दै आएको र एकआपसमा भातृत्वको विस्तार गर्दै आएको बताउनुभयो। प्रधानाङ्गले सहयोगापेक्षितहरूलाई सहयोग गर्न र भातृत्व विकास गर्न थप लाग्न प्रेरणा मिलोस् भन्दै शुभकामना दिनुभयो।

कार्यक्रममा नवनियुक्त क्लबका अध्यक्ष राजु भारीले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा निवर्तमान डिस्ट्रिक गभर्नर अर्जुनमान सैजु, निर्वाचित प्रथम डिस्ट्रिक गभर्नर सन्दीप कशौधन, पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ , जिल्ला न्यायाधीश हरि पंगेनी, डिस्ट्रिक सचिव माधव खनाल, डिस्ट्रिक कोषाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, एरिया-४का चिफ दिपक प्रसाद श्रेष्ठ,कलस्टर चिफ रोमनाथ ढकाल ,कलस्टर चिफ यदुमणि पोखरेल, एरिया- ४को सचिव अमृता कार्की, लगायतले बोल्दै समाजसेवामा थप सशक्त भएर लाग्ने प्रतिबद्धता र भातृत्वको विकासमा थप प्रोत्साहन मिलोस भन्दै धारणा राख्नु भएको थियो।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण कुँवर लाई जोन ३३ का जोनचेयर पर्सन ओम थापा ले उत्कृष्ट सेवा तथा नेतृत्व पुरस्कारबाट सम्मानित गर्नुभएको थियो।

पहिलो चरणको कार्यक्रमको सञ्चालन २०२४ /२५ का सचिव सुदर्शन खनाल र दोस्रो चरणको कार्यक्रमको सञ्चालन २०२५/ २६ का सचिव एकराज पौडेलले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन रोक आदेश जारी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन रोक आदेश जारी

काठमाडौँनिजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको संबैधानिक इजलासले अल्पकाली...
सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर

सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर

बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको तिनदिने राष्ट्रिय सञ्चार सम्मेलनमा वक्ताहरुले मिडियालाई कमजोर बना...
सरकारको नीति तथा कार्यक्रम आज : प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन

सरकारको नीति तथा कार्यक्रम आज : प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन

काठमाडौँनीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरका...
भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

काठमाडौंदेशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र ज...