कार्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट खिमलाल भट्टराई एमालेको उम्मेदवार


आगामी कार्तिक महिनामा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ ।

पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । ०७९ को निर्वाचनमा भट्टराई रुपन्देही क्षेत्र नम्बर-५ बाट उम्मेदवार बन्ने योजना अनुसार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा गरेपनि त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो । 

असार ६ गते निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त दुईस्थानसहित १८ स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।

त्यसक्रममा निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन आगामी कात्तिक दोस्रो देखि तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) मा रिक्त भएपछि ती स्थानको पदपूर्ति गर्न आयोग उपनिर्वाचनको तयारीमा लागेको हो । ती स्थानमा सरकारको परामर्शमा आगामी असार २० गतेभित्र निर्वाचन आयोगले मिति तोक्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यही असार २० गतेभित्र प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन मिति तोक्ने तयारी भइरहेको बताए ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको एकै दिनका लागि मिति तोकिन्छ, स्थानीय तहको निर्वाचन मिति फरक दिन पनि हुनसक्छ’, भण्डारीले भने, ‘हामी आन्तरिक छलफलमै छौँ ।’

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचनबारे छलफल गरेलगत्तै एमालेले रुपन्देही-३ मा भट्टराईलाई उम्मेदवार बनाउने तयारीअनुसार क्षेत्रमा खटाइसकेको बुझिएको छ । भट्टराईले पार्टीको निर्देशन अनुसार आफू भूगोलमा खटिएको बताए ।

‘अध्यक्षसहित शीर्ष नेताको सुझाव र दिर्नेशनअनुसार म उपनिर्वाचनको तयारीका लागि भूगोलमा निस्केको छु’, भट्टराईले भने,‘अव जरुरी काम नपर्दासम्म भूगोलमै रहन्छु ।’ भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग असार नौ गते भेटेर उम्मेदवारीबारे छलफल गरेका थिए । त्यसक्रममा ओलीले भट्टराईलाई उम्मेदवार बनेर जित्नेगरी अघि बढ्न सुझाव दिएका थिए । भेटपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीसँग बसेर खिचेको तस्बिर सार्वजनिक गर्दै महत्त्वपूर्ण भेट भएको लेखेका थिए । ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्युसँगको महत्त्वपूर्ण भेट । २०८२ आषाढ ९ बालुवाटार’, भट्टराईले फेसबुकमा लेखेका छन् ।

२०७९ मा भएको निर्वाचनमा रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । उनले त्यसबेला कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । बोहराको गत चैत १९ गते निधन भएपछि उक्त स्थान रिक्त बन्न पुगेको हो ।

त्यस्तै गण्डकी प्रदेशका सांसद दीपक मनाङे फौजदारी कसुरमा दोषी ठहर भएसँगै पदमुक्त भएका थिए । गत सातामात्रै सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङे फौजदारी कसुरमा दोषी ठहर भएको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । 

छुटाउनुभयो कि ?

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ...
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए

बुटवलफिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को बहुप्रतिक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र अफ्रिकी पावरहाउस मोरक्को १–१...
आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...