एसीसी यु १६ क्रिकेट : जापानमाथि ९ विकेटले नेपालको सहज जित


बुटवल

एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।

जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १/१ विकेटको योगदान दिए । 

नेपालका लागि श्रीनिवास बजगाँईले ४२ बल खेल्दै सर्वाधिक ३८ रन बनाए भने प्रसिद्ध जैशीले ३७ बलको मद्दतमा ३३ रन जोड्न सफल भए । ओपरन जोय थापा ७ बलमा १ रन जोडेर आउट भएका थिए । आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...