भारत र चीनसँगको सीमा समस्या समाधान गर्न उच्चस्तरीय पहल जारी छ : परराष्ट्रमन्त्री राणा


काठमाडौँ

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले स्थापित संयन्त्रहरूमार्फत पहल भइरहेको बताएकी हुन् । 

परराष्ट्र मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री राणाले उत्तर र दक्षिणतर्फको सीमा समस्या समाधान गर्न निरन्तर पहल भइरहेको बताइन् ।

उच्चस्तरीय संयन्त्रमार्फत सीमा समस्याको समाधान पहल भइरहेको उनको भनाइ थियो । ‘सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको छ । साथै, यस विषयमा सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ,’ उनले भनिन् ।

भारत र चीनतर्फको सीमा समस्या समाधान गर्नका लागि दुई वर्षदेखि नभएको वार्ता हालैमात्र थालिएको उनले बताइन् । ती वार्ताबाट समाधान निस्किने उनले अपेक्षा गरिन् ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...