Author: संचार पत्र

दुबईमा अलपत्र परेका ५ युवाको उद्दार, सरोकार केन्द्रको पहलमा नेपाल ल्याइयो

दुबईमा अलपत्र परेका ५ युवाको उद्दार, सरोकार केन्द्रको पहलमा नेपाल ल्याइयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौ   दुबईमा रोजगारीको लागि गएका ५ युवा बिगत ३ महिना देखि अलपत्र भएकोमा सरोकार केन्द्रले दुबईमा रहेको मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको समन्वयमा उद्दार गरि आज नेपाल फर्काएको छ । उद्दार गरिएकोमा शिबम थापा मगर , दिपेन्द्र कार्की , विशाल कोलि , छक बहादुर थापा र सोम बहादुर थापा छ्न ।  ५ जना मध्ये ४ जना ३ महिना अगाडि सान एवि ईन्टरनेशनल मेनपावर  र १ जना १ महिना अगाडि लिंक ईन्टरनेशनल बाट रोजगारीको लागी दुवई गएका थिए । श्रम गरेर मेनपावर मार्फत बिदेश गएका ५ जनाले नै मेनपावरलाई लेबर भिषामा प्रती ब्...
स्वास्थ्य बिमा क्षेत्र पुनर्विचार गरिनेछ: प्रधानमन्त्री

स्वास्थ्य बिमा क्षेत्र पुनर्विचार गरिनेछ: प्रधानमन्त्री

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए ।सो अस्पतालको ४३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए । उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे ।प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बत...
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवल महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याव रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ भने स्वचालित ल्याव रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउने छन् । अस्पतालमा शुभारम्भ गरिएका सेवाहरुको शुभारम्भपछि आयोजित कार्यक्रमम...
रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतम  सहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य छानबिन नहुदा सम्म पालिकाको कुनैपनी कार्यक्रममा सहभगी नहुने निर्णय सहितको ज्ञापनपत्र बुझाएका छन् । सोही विषयलाई लिएर सोमबार नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीका अध्यक्ष फर्सु ज्ञवालीले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् । रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधि...
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
३० असार, काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको...
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला आंशिक बदली छ । कतिपय ठाउँमा बिहानैदेखि घाम चर्को लागेको छ । राति देशभर हल्कादेखि मध्यम वर्षा भएको थियो । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । ...
खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!

खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!

Breaking news 2, ताजा अपडेट, राजनीति, लेख रचना, विविध, सम्पादकिय
के राजनीतिको तत्त्व सकिएकै हो त ?त्यसो भए ! राजनीतिमा तत्त्व भनेको के हो ?राजनीतिमा मुख्य रुपमा तत्त्व भनेको दार्शनिक पक्ष हो । दार्शनिक पक्ष भनेको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण हो । जीवन जगतलाई हेर्ने दृष्टिकोण मात्र होइन तदअनुरुप आफुलाइ बदल्ने कठिन साधना पनि हो । जीवन र जगतलाइ कुन दृष्टिकोणबाट हेरिन्छ, त्यसको सापेक्षता धारणा बनेको हुन्छ ।ब्रह्माण्डको उत्पत्तिको मुलश्रोत के हो भन्ने बारेमा आफ्नो धारणा र चेतनाको आधारमा दृष्टिकोण निर्माण हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बिज्ञानमा आधारित भएन भने दार्शनिक पक्ष कमजोर हुन्छ । अनि सामान्य र आफ्नो मात्र अनुकुलता वा प्रतिकुलताको आधारमा आफुलाइ केन्द्रमा राखेर धारणा बनाउछ । यो एक किसिमको सतही तदर्थवाद र अवसरवाद पनि हो । अहिलेको राजनीति यही मनोबैज्ञानिकमा आधारित भएर चलेको छ । जो घातक छ । दार्शनिक रुपमा च्युत भएको राजनीतिले क्षेणिक र...
विगतका तीन दशकको समीक्षा गरौं

विगतका तीन दशकको समीक्षा गरौं

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको इतिहासका विभिन्न कालखण्डसँगै पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात मुलुकले एक खालको पहिचान बनायो। विक्रम सम्वत १८७३ सालमा सुगौली सन्धि नहुँदासम्म करिब ७२ वर्षसम्म नेपालमा एकीकरण अभियान चलेको थियो। वि.सं .१८२५ देखि २०६५ साल सम्म २३८ वर्षसम्म नेपालमा शाहवंशले शासन गरे ।त्यस कालमा राजालाई संविधानभन्दा माथि राखियो ,संविधानभन्दा माथि राजा हुनाले केहीले राम्रो गरे कतिले नराम्रो गरे तर त्याे कानुन रुपमा अगाडि बढ्न सकेन। ५० काे दशक मुलुक द्वन्द्वमै बित्यो । २०६२/ ६३ को जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात संविधान निर्माणका लागि दुई संविधानसभा निर्वाचन, दुईवटा प्रदेश ,प्रतिनिधि सभा निर्वाचन र दुईवटा स्थानीय निर्वाचन भए। तत्पश्चात १७...
अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्लाको २५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रमको अध्यक्षता अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष निशान खड्काले गरेका थिए। प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल रहेका थिए भने प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिका बारे मन्तव्य व्यक्त गरे।   कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सह-संयोजक अन्जित खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अ...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउ...