Author: संचार पत्र

आज देशभर जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज देशभर जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।  तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ  भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पु...
गण्डकीका प्रशासनिक संरचना खारेजीको तयारी, २ सय कर्मचारी कटौती हुने

गण्डकीका प्रशासनिक संरचना खारेजीको तयारी, २ सय कर्मचारी कटौती हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
पोखरा गण्डकी प्रदेश सरकारले संघीयता कार्यान्वयनमा आउनुभन्दा अगाडि र पछाडि पनि प्रादेशिक तथा जिल्ला जिल्लामा खुलेका संरचनाहरु खारेज गर्ने तयारी गरेको छ । संघीय व्यवस्थामा पनि प्रदेशमा आएका र सरकार आफैंले स्थापना गरेका संरचनाहरु खारेज गर्ने र कम्तिमा २ सय कर्मचारी कटौती हुने भएका हुन् । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोकत्वमा गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनका आधारमा संरचना खारेज गने तथा कर्मचारी कटौती गर्ने तयारी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् । अबको मन्त्रिपरिषदको बैठकबाट प्रतिवेदन पारित गरेर कार्यान्वयनमा लैजाने प्रदेश सरकारको योजना छ । प्रतिवेदनका आधारमा खारेज हुने, व्यवस्थापन गर्नुपर्ने संरचना र जनशक्तिको विषयमा अन्तिम रुप दिन प्रमुख सचिव संयोजकत्वमा ५ सदस्यीय समितिलाई जिम्मेवारी दिइएको छ । संरचना खारेज हुने भएपछि ...
झलनाथलाई माधव नेपालले भनेः ओलीजीको सेवा गरेर बस

झलनाथलाई माधव नेपालले भनेः ओलीजीको सेवा गरेर बस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे। उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए। पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ। संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ। अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ। पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितक...
गाईजात्रा पर्वको दिन बुटवलमा सार्वजनिक विदा

गाईजात्रा पर्वको दिन बुटवलमा सार्वजनिक विदा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिकाले आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । शुक्रबार एक सुचना जारी गरि यही साउन २५ गते आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको हो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सुचनामा गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा दिइएको जनाउँदै उक्त दिन उपमहानगरपालिका मातहतका वडा कार्यालयहरू बन्द रहने जनाइएको छ । ...
स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी

स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको दिप बोर्डिङ हाइ स्कुल स्थापनाकालदेखि ४५ वर्षसम्म निरन्तर देशकै उत्कृष्ट नतिजा हासिल गरी अब्बल रहेको विद्यालयले बताएको छ।२०८१ मा कक्षा १२ को नतिजामा ३.९६ जिपिए सहित उत्कृष्टता हासिल गरेको छ। सोही अवसरमा विद्यालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत संस्थागत विद्यालयहरूमा आफ्नो विद्यालयले देशमै उत्कृष्ट नतिजा ल्याएको बताएको छ।विद्यालयले २०८१ को कक्षा १२ को परीक्षामा १७८ जना विद्यार्थी सहभागी रहेको र नतिजा राम्रो ल्याउन सफल भएको बताएको छ।३.९६जीपीए ल्याउने विद्यार्थी सञ्जोग राज भण्डारी र ३.९५ जीपीए ल्याउने उत्सव राज भट्टराई रहेका छन्।त्यसैगरी दीप बोर्डिङले २०८१ को एसईईमा सक्रिना कुँवर र सुधांसु शेखर झालेसमेत ४ जीपीए प्राप्त गरी अन्य विद्यार्थी समेत उत्कृष्ट जिपिए ल्याई देशकै अब्बल विद्यालयको रूपमा रहन गएको जनाएको छ।विद्यालयले अध्ययनसँगै व्यावहारिक शिक्षा पनि प्रदान गर्दै आएको छ।...
उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका चार र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनलाई खोजीका लागि गुहारेका छन् । आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन् । ‘थप तीन जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले सुनाए, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’ यस्तै जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जना बढी बेपत्ता भएको जनाएका छन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जना बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने...
सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो ।   उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ । ...
रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । लामिछानेको सचिवालयले  १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय  तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै ...
विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा परामर्श उपसमितिले तयार पारेको सहमतिको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन् । उपसमितिले शिक्षक बढुवा प्रक्रिया तीनवटा आधारमा गर्ने प्रस्ताव अघि सारेको छ। साथै, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि आवश्यक न्यूनतम अंक घटाएर ८० बनाउने सुझाव पनि सोही प्रस्तावमा समावेश गरिएको छ । शिक्षक महासंघसँग सम्बन्धित व्यवस्थामा पनि परामर्श उपसमितिले स्पष्ट सन्देश दिएको छ । महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा तिनीहरूको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ। यस्तै, महासंघको सदस्यताका आधारमा कुनै अतिरिक्त सेवा-सुविधा वा जिम्मेवारीबाट छुट नपाउने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ । न...
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव नेपाल आउँदै

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव नेपाल आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री भदौ १ गते नेपाल आउने भएका हुन् ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए ।   प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए ।  सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणको निम्तो द...