झलनाथलाई माधव नेपालले भनेः ओलीजीको सेवा गरेर बस


बुटवल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।

उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे।

उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए।

पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ। संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ।

अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ। पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ। विरूद्धमा होइन। मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्‍यो? विद्रोह ठिक लागेन भने। केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि। हामीले ठिक गरेका छौँ। दृढतताका साथ पहल गरेका छौँ। कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ। भंग गरेको संसदलाई गफ गरेर पुनः स्थापना हुँदैन।’

उनले अगाडि भने, ‘त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ। तर कस्ता पात्रहरू ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे। फेरि हामी दोस्रो पटक लाग्नुपर्‍यो। त्यो गरेर गल्ती गरियो? विद्रोह गर्नु हुँदैन थियो। केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो? कि के गर्नुपर्दथ्यो? ठिक गर्‍यौँ हामीले। संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो। हामीले रहरले त्यो पार्टी छोडेको होइन।’

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबी समेत गरे।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...