प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव नेपाल आउँदै


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री भदौ १ गते नेपाल आउने भएका हुन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए । 

 प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए । 

सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणको निम्तो दिन आएको भनिएको थियो तर उनी भेटघाट गरी स्वदेश फर्केका थिए । 

बरु प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोको सन्देश सचिव मिस्रीमार्फत पठाएका थिए । 

यसपटक ओलीलाई भारत भ्रमण गराउने गरी प्रधानमन्त्री मोदीको सन्देश लिएर मिस्री नेपाल आउन लागेका हुन् ।  मिस्री गत वर्ष जुलाई १५ मा सचिवमा नियुक्त भएका थिए । 

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...