कसरी सञ्चालन भइरहेका छन्? सैनिक आवासीय विद्यालय
रूपन्देहीसैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय विद्यालय देशभर १० वटा रहेका छन्। यसै अन्तर्गत रूपन्देहीको बुटबलमा पनि २०८१ वैशाख ६ गते नेपाल सरकारका तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माद्वारा उद्घाटन भएको थियो।करिब ९० करोडको लगानीमा बनेको बुटवलको सैनिक आवासीय महाविद्यालयमा आवश्यकता अनुसार लगानी बढाउने विद्यालयको योजना छ। उक्त विद्यालयमा सैनिक र गैरसैनिक दुवैका सन्ततिहरूले पढ्न पाउने व्यवस्था छ। सैनिकका सन्ततिहरूले ८० प्रतिशत सम्म छुट पाउने व्यवस्था छ।बुटबलको उक्त विद्यालयमा हाल २सय ५ जना विद्यार्थी पठनपाठन गरिरहेका छन्। अहिले कक्षा ६, ७, ८ ,९ र १० का कक्षाहरू सञ्चालन भइरहेका छन् भने क्रमश उत्तीर्ण भएका विद्यार्थीलाई सोही विद्यालयमा पढाउने गरी श्रेणी बढाउने गरेको छ ।कक्षा ६ ,७ र ८ का लागि ९ हजार आसपास मासिक शुल्क सँगै अन्य अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ, भने ९ र १० कक्षाका ल...








