नेकपा रुपन्देहीले गर्याे एमसिसि बिरुद्ध बुटवलमा प्रदर्शन


विनोद खनाल, बुटवल

एमसिसि परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभरि तेसका बिरुद्ध प्रदर्शन गरिएको छ।

यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले प्रदर्शन गरेको छ ।
बुटवलको पुरानो बषपार्कदेखी एमसिसि बिरुद्द नाराजुलुस गर्दै पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य बिनोद सीले दक्षीण एसियालाई फौजि ढंगले कब्जामा राख्ने रणनीतिस्वरुप आएको एमसिसि कुनैपनि हालतमा कार्यान्वयनमा जान दिन नहुने ठोकुवा गरे । उनले भने -” यो सैन्य रणनीति हो अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा उसको प्रभाव बनाउन चाहन्छ तेसैले उ जसरी पनि कार्यान्वयनमा जान्छ। तर शासकदलहरु यसखालको राष्ट्रघाति कदमलाई जसरी अगाडी बढाउन खोज्दैछन यसले संकट उनिहरुलाई समेत निम्त्याउँछ भन्नेकुरामा हेक्का राखुन ।” हामीले बलिदानीपुर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रमा हालिमुहालि गर्दै राष्ट्रघात गर्दैछन शासकहरु भन्दै उनले एमसिसि खारेज गर्नुको बिकल्प नरहेको बताए ।
यस्तै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले
नेपालको संबिधान र नेपाली राष्ट्रीय स्वाधिनता भन्दा माथि हुने गरी एमसिसि लागु गर्न खोजिएको भन्दै यसका बिरुद्ध संघर्ष गर्नुपरेको बताए । २०७८/११/१५ गते ९० % जनता एमसिसिका बिरुद्ध हुँदापनी २०७८ साल फागुन १५ गते एमसिसि सम्झौता संसदबाट पास गरी राष्ट्रघातगरेको उनले दाबी गरे ।
बिदेशि सहयोग तथा अनुदान बिरोधि हामी हैनौं तर बिर पुर्खाले जोगाएको देशमा स्वाधिनता बिरोधि बैदेशिक हस्तक्षेप किमार्थ स्विकार्य छैन भन्दै उनले भने – ‘ एमसिसि जबर्जस्त लागु गरियो भने तेसका सबै टावरहरु ध्वस्तपारिनेछ ।’
कार्क्रममा नेकपाका पोलिटब्युरो सदस्य बसन्त सी, केन्दीय सदस्यहरु सरद सी, बिष्वाश सि लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पछिल्लो समय ट्रम्प प्रशाशन नेतृत्वमा आएपछि अलमलमा परेको एमसिसि परियोजना पुन: लागुगर्ने निर्णय संगै हिजो मात्र ठेक्का सम्झौता गरि कार्यान्वयनमा जाने भएपछी यसका बिरुद्धमा रहेका शक्तिहरु देशैभर बिरोधमा उत्रिएका छन् ।

छुटाउनुभयो कि ?

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

काठमाडौंबनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको होल्डिङ सेन्टरमा बसिरहेका केही विस्थापित सुकुमवासीले सरकारले स्थ...
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

काठमाडौंभूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी,...
भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...