रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुविकुमारी ठाकुरको जाहेरी
काठमाडौँसर्वोच्च अदालतको आदेशपछि रिहा भएकै दिन पत्रकार तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ। उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्।उपसभामुख ठाकुरले जनआस्थाको फेसबुक पेज तथा अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत तस्बिर प्रयोग गरी चरित्र, प्रतिष्ठा, सामाजिक मर्यादा र संवैधानिक पदको गरिमामा आँच पुर्याउने उद्देश्यले भ्रामक, असत्य र निन्दनीय सामग्री प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाएकी छन्।
जाहेरीमा प्रकाशित सामग्रीका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर असर परेको उल्लेख गरिएको छ। समाचारमा आफूसँग जोडेर उल्लेख गरिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको ठाकुरको दाबी छ।
उक्त व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आशयको समाचार प्रकाशन गरेर आफ्नो चरित्र हत्या तथा बेइज्जती गर्ने प्रयास गर...








