चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन



काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिएका छन् । त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न समेत उनले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले आज प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् । चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए । उनले सुख्खायाममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिए ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका ...
एनपीएल: लुम्बिनी द्वारा जनकपुर १६ रनले पराजित

एनपीएल: लुम्बिनी द्वारा जनकपुर १६ रनले पराजित

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ ।भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनक...
चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन

चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन...
आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

बुटवलआईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्...