त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता


काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाण्डौ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ–संस्था तथा व्यक्तिले ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौंदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र आन्तरिक अभिलेखलाई मुख्य आधार बनाएर सञ्चालन गरिएको जग्गा फिर्ती अभियानका क्रममा काठमाण्डौ उपत्यकाभित्र कब्जा गरी राखिएको जग्गाको लगत सङ्कलन गरिएको थियो ।

पैँतीस दिने समयसीमाभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका संरचना खाली गराउने र सम्झौता नवीकरण नभएका क्षेत्रहरूलाई विश्वविद्यालयको प्रत्यक्ष स्वामित्वमा ल्याउने काम तीव्रताका साथ अगाडि बढाइएको थियो ।  

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका ...
एनपीएल: लुम्बिनी द्वारा जनकपुर १६ रनले पराजित

एनपीएल: लुम्बिनी द्वारा जनकपुर १६ रनले पराजित

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ ।भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनक...
चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन

चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन...
आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

बुटवलआईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्...