
बुटवल
आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै उनी बिहीबार सर्वोच्च पुगेका हुन् ।
आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायीमार्फत रिट दायर गर्ने तयारी गरेको बताइएको छ । उनका कानुन व्यवसायी अहिले सर्वोच्च अदालत पुगिसके पनि रिट निवेदन दर्ता भने भइसकेको छैन।
कार्कीले आफ्नो पदावधि १७ महिना बाँकी छँदै नियम र कानुनविपरित पदबाट हटाएको भन्दै उनले रिट निवेदन दिन लागेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले १५ मिनेटको समयभित्रै मन्त्रिपरिषद् बैठक राखेर बुधबार कार्कीलाई हटाउँदै एआइजी मनोजकुमार केसीलाई आइजिपी नियुक्त गरेका थिए ।
कार्कीलाई महानिरीक्षकबाट बर्खास्त गर्ने कानुन नभएपछि सरकारले उनलाई पेण्डुलम बनाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विशेष सल्लाहकारको दरबन्दी सिर्जना गरिएको थियो ।